उपभोक्ता हित संरक्षण मञ्च, नेपालको ३० औं साधारणसभा तथा ११ औं अधिवेशन सम्पन्न , अधिवेशनद्वारा २९ बुन्दे काठमाडौं घोषणापत्र पारित

Date:

पर्सा पोस्ट, असोज २५ गते, काठमाडौं। “स्वच्छ बजार र स्वाधीन अर्थतन्त्रका लागि राजनीतिक स्थिरता, उपभोक्ताको सरोकार” भन्ने नाराका साथ उपभोक्ता हित संरक्षण मञ्च, नेपालले आफ्नो ३०औं केन्द्रीय वार्षिक साधारणसभा तथा ११औं अधिवेशन काठमाडौंको होटल ताजमहलमा सम्पन्न गरेको छ।

कार्यक्रम मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाको अध्यक्षतामा सम्पन्न भएको हो। महासचिव बिष्णु तिमिल्सिनाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पोषकलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

अधिवेशनले बानियाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षहरूमा मेघराज श्रेष्ठ (कोशी), अजय अधिकारी (मधेस), वासुप्रसाद खतिवडा (बागमती), भुवन प्रसाद निरौला (गण्डकी), तेजप्रसाद पाठक (लुम्बिनी), धनपती ढुंगेल (सुदूरपश्चिम) र सुवर्णमा गुरागाई (कर्णाली) रहेका छन्। महासचिवमा पुनः बिष्णु तिमिल्सिना, कोषाध्यक्षमा पुनः पोषकलाल श्रेष्ठ चयन भएका छन्।

सदस्यहरुमा अजित कुमार भुजेल , जिवश चौधरी , बटुकनाथ झा , महेश कुमार खड्का , लक्ष्मी अर्याल , ईन्द्र भुजेल , सुर्य बहादुर बोहरा , कुमार लगुल , चिन्तामणि पौडेल , कृष्ण रिमाल , राम बिष्ट लगायत चयन भएका छन् ।

अधिवेशनबाट २९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै उपभोक्ताको अधिकार र हित संरक्षणमा सरकार र व्यवसायीको जिम्मेवारी सुनिश्चित गर्न जोड दिइएको छ। घोषणापत्रले खाद्य स्वच्छता, विद्युत सेवाको सुधार, सुर्तीजन्य पदार्थ नियन्त्रण, शिक्षा–स्वास्थ्यको व्यापारीकरण अन्त्य, भ्रमपूर्ण विज्ञापन नियन्त्रण र उपभोक्तामैत्री नीति निर्माण गर्न सरकारसँग माग गरेको छ।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका प्रती श्रद्धाञ्जली अर्पण गर्दै घोषणापत्रले घाइतेको निःशुल्क उपचार र दोषीमाथि कारबाहीको मागसमेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...