उपभोक्ता हित संरक्षण मञ्च, नेपालको ३० औं साधारणसभा तथा ११ औं अधिवेशन सम्पन्न , अधिवेशनद्वारा २९ बुन्दे काठमाडौं घोषणापत्र पारित

Date:

पर्सा पोस्ट, असोज २५ गते, काठमाडौं। “स्वच्छ बजार र स्वाधीन अर्थतन्त्रका लागि राजनीतिक स्थिरता, उपभोक्ताको सरोकार” भन्ने नाराका साथ उपभोक्ता हित संरक्षण मञ्च, नेपालले आफ्नो ३०औं केन्द्रीय वार्षिक साधारणसभा तथा ११औं अधिवेशन काठमाडौंको होटल ताजमहलमा सम्पन्न गरेको छ।

कार्यक्रम मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाको अध्यक्षतामा सम्पन्न भएको हो। महासचिव बिष्णु तिमिल्सिनाले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पोषकलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

अधिवेशनले बानियाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षहरूमा मेघराज श्रेष्ठ (कोशी), अजय अधिकारी (मधेस), वासुप्रसाद खतिवडा (बागमती), भुवन प्रसाद निरौला (गण्डकी), तेजप्रसाद पाठक (लुम्बिनी), धनपती ढुंगेल (सुदूरपश्चिम) र सुवर्णमा गुरागाई (कर्णाली) रहेका छन्। महासचिवमा पुनः बिष्णु तिमिल्सिना, कोषाध्यक्षमा पुनः पोषकलाल श्रेष्ठ चयन भएका छन्।

सदस्यहरुमा अजित कुमार भुजेल , जिवश चौधरी , बटुकनाथ झा , महेश कुमार खड्का , लक्ष्मी अर्याल , ईन्द्र भुजेल , सुर्य बहादुर बोहरा , कुमार लगुल , चिन्तामणि पौडेल , कृष्ण रिमाल , राम बिष्ट लगायत चयन भएका छन् ।

अधिवेशनबाट २९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै उपभोक्ताको अधिकार र हित संरक्षणमा सरकार र व्यवसायीको जिम्मेवारी सुनिश्चित गर्न जोड दिइएको छ। घोषणापत्रले खाद्य स्वच्छता, विद्युत सेवाको सुधार, सुर्तीजन्य पदार्थ नियन्त्रण, शिक्षा–स्वास्थ्यको व्यापारीकरण अन्त्य, भ्रमपूर्ण विज्ञापन नियन्त्रण र उपभोक्तामैत्री नीति निर्माण गर्न सरकारसँग माग गरेको छ।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका प्रती श्रद्धाञ्जली अर्पण गर्दै घोषणापत्रले घाइतेको निःशुल्क उपचार र दोषीमाथि कारबाहीको मागसमेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...