जेञ्जी शहिदहरुको सम्झनामा रास्वपा पर्साद्वारा श्रर्दान्जलि सभा

Date:

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । जेञ्जी शहीदहरूको सम्झनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) पर्साले आज साँझ वीरगञ्जको घण्टाघरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

सभामा सहभागीहरूले मैनबत्ती बाल्दै मौनधारण गरेर गत भाद्र २३ गतेको जेञ्जी आन्दोलनमा सहादत प्राप्त युवाहरू प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

रास्वापा पर्साका सभापति हरी पन्तले जेञ्जी पुस्ताका युवाहरूले ४८ घण्टामा गरेको अर्थपूर्ण राजनीतिक हस्तक्षेपलाई तत्कालीन सरकारले बर्बरतापूर्वक दमन गर्दा वीर जेञ्जी युवाहरू शहीद भएको उल्लेख गर्दै आज त्यस घटनाको एक महिना पूरा भएकाले श्रद्धाञ्जली सभाको आयोजना गरिएको बताए।

उनले निर्दोष युवाहरूको हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल कारबाही गर्न र शहीदहरूको सम्मानमा सरकार गम्भीर हुनुपर्ने माग गरे।

श्रद्धाञ्जली कार्यक्रममा रास्वापाका केन्द्रीय सदस्य नन्दन यादव, क्षेत्रीय सभापति जितेन्द्र मिश्र, राम आर्या, चन्दन यादव, कृष्णा पासवान, दिपराज पटेल, दिलीप कुर्मी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...