बाढिपिडितका लागि बिहान र बेलुकी दुई छाक खाना बितरण अभियान सुरु

Date:

पर्सा पोस्ट, असोज १९ गते, बिरगंज । जिल्ला समन्वय समिति पर्साका सभापति अजय सर्राफ, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, उद्योग बाणिज्य संघ पर्साका सभापति हरि गौतम, र नेपाल रेडक्रस सोसाइटी वीरगंजका सभापति बृजकिशोर पटेल लगायतको सहयोगमा आजदेखि बाढीपीडितहरूका लागि बिहान र बेलुकी दुई छाक पोसिलो खाना वितरण गर्ने अभियान सुरु गरिएको छ।

नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईका अनुसार, पहिलो दिन २५० जनाका लागि खाना तयारी गरी वितरण गरिएको हो। बिगत दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण पर्सा जिल्लाका विभिन्न स्थानहरूमा बाढीले घरबार बिहिन बनाएका परिवारहरूका लागि यो मानवीय पहल गरिएको बताइएको छ।

अध्यक्ष चौगाईले आवश्यक परे अभियानलाई अझ व्यापक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार, समाजका स्वयंसेवकहरू निरन्तर रूपमा प्रभावित क्षेत्रहरूमा पुगेर राहत वितरण तथा सहयोग कार्यमा संलग्न छन्।

यस पहलले बाढीपीडितहरूलाई राहतका साथै सामाजिक एकता र मानवीय संवेदनाको सन्देश दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

गहवामाई मेलामा लायन्स क्लबको सेवाभाव : ६०० भन्दा बढी श्रद्धालुलाई प्रसाद वितरण

पर्सा पोस्ट, कार्तिक ०२ गते, वीरगञ्ज । बडादशैँको अवसरमा वीरगञ्जस्थित...

महाअष्टमीमा वीरगञ्ज कपडा बैंकको मानवतामुखी अभियान, १ हजार ५०० जनालाई निःशुल्क कपडा र चनाभुजा वितरण

‘कोही पनि नाङ्गो नरहोस्’ भन्ने मूलमन्त्रसहित बडादशैँमा विपन्न तथा...

पत्रकारलाई ज्यान मार्ने धम्की दिने व्यवसायी अग्रवाललाई प्रेस सेन्टरको कडा चेतावनी

पर्सा पोस्ट, कार्तिक १ गते, वीरगञ्ज । समाचार सम्प्रेषण गरेको...