बिरगंजमा पुनः सुरु भयो नि:सुल्क भोजन शिविर

Date:

पर्सा पोस्ट, असोज ११ गते, बिरगंज । बिरगंजको नारायणी अस्पताल परिसरमा हरेक शनिबार सञ्चालन हुँदै आएको निःशुल्क भोजन शिविर आजबाट पुनः सुरु भएको छ।

हैजाको महामारीका कारण करिब तीन हप्तादेखि रोकिएको उक्त शिविरलाई वीरगन्ज समाज सेवाले पुनः सञ्चालनमा ल्याएको हो।

शनिबार बिहान ९ बजेदेखि सञ्चालन भएको शिविरमा करिब ४५० देखि ५०० जना सर्वसाधारण, अस्पतालमा भर्ना भएका बिरामी तथा कुरुवा, रिक्साचालक, टेम्पो चालक, गरीब तथा असहाय व्यक्तिहरूले निःशुल्क भोजन ग्रहण गरेका थिए।

समाज सेवाका सचिव प्रकाश बाहेतीका अनुसार आजको भोजनमा भात, दाल, आलु, चनाको दाल, परवल मिक्स सब्जी, सलाद र हरियो खुर्सानीको व्यवस्था गरिएको थियो। संस्थाले यस शिविरको उद्देश्य अस्पतालमा उपचाररत बिरामी र उनका कुरुवाहरूलाई सहयोग पुर्‍याउनुका साथै दैनिक श्रमिक, निमुखा र असहाय व्यक्तिहरूलाई पौष्टिक खाना उपलब्ध गराउनु रहेको जनाएको छ।

आजको शिविरमा वीरगन्ज समाज सेवा अध्यक्ष अशोक गुप्ता, सचिव प्रकाश बाहेती, सदस्यहरू अभिलाष गुप्ता, लालबाबू सिंह, राजेन्द्र भट्टराई लगायतका पदाधिकारीहरूको विशेष उपस्थिति थियो।

उनीहरूले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...