रानिघाटमा रेडक्रसद्वारा निसुल्क स्वास्थ्य शिविर तथा औंषधि बितरण

Date:

पर्सा पोस्ट, असोज १० गते, बिरगंज। नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाद्वारा शुक्रबार रानीघाटस्थित दुर्गा पूजा सेवा समिति, रानीघाटको पूजा पण्डालमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

शिविरमा १५० भन्दा बढी सर्वसाधारणले विभिन्न स्वास्थ्य परामर्श तथा उपचार सेवाको लाभ लिएका थिए। स्वास्थ्य परीक्षणपछि बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाका सभापति शतिस सिंह राजपुतले गरेका थिए। उनले रेडक्रस सधैं समुदायको स्वास्थ्य र कल्याणमा प्रतिबद्ध रहेको बताउँदै यस्ता शिविरहरूले स्थानीय बासिन्दालाई प्रारम्भिक स्वास्थ्य परीक्षण र सजगता प्रदान गर्ने उल्लेख गरे। साथै, यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा नं–९ का अध्यक्ष जवाहर प्रसाद गुप्ता थिए भने विशिष्ट अतिथिमा डा. श्याम बाबू पटेल, दिनानाथ रौनियार, डा. प्रयांश तिमिल्सिना, डा. पृथ्वी चौरसिया, डा. प्रशान्त साह, डा. मौशम गुप्ता, डा. निशा सिंह लगायतको उपस्थिति रहेको थियो।

शिविरलाई सफल बनाउन बिरगंज न्यूरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टर त्रिमूर्ति चौक, बिरगंज महानगरपालिका वडा नं–९ को कार्यालय, मा यशोदा ज्वेलर्स घण्टाघर, न्यू भवानी अफसेट प्रेस रानीघाट र दुर्गा पूजा सेवा समिति, रानीघाटले सहयोग गरेका थिए।

कार्यक्रमको सञ्चालन कपडा बैंकका अध्यक्ष लालबाबू सिंहले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन बिमल सरार्फको आग्रह

पर्सा पोस्ट , जेष्ठ २७ गते , रक्सौल, पूर्वी...

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदविरुद्व पर्साका सन्चारकर्मीको धर्ना

पर्सा पोस्ट , जेष्ठ २७ गते , वीरगञ्ज । सरकारी...

रास्वपा पर्सामा हरि पन्त समुह बिजयी , ४८ मतको अन्तरले सुशील कुमार कानु पराजित

पर्सा पोस्ट, जेष्ठ २६ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...