अजित कुमार भुजेल , श्रावण २० गते। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा पर्साका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द भट्ट र सशस्त्र प्रहरी निरीक्षक (ड्राइपोर्ट) सुरेन्द्र राज खड्काले बिरगंजस्थित मानवसेवा आश्रमको अवलोकन भ्रमण गर्नुका साथै बिहानको भोजन सेवामा समेत सक्रिय सहभागिता जनाएका छन्।
उक्त अवसरमा उनीहरूले आश्रममा आश्रित वृद्धवृद्धाहरूको साथमा आत्मीय समय बिताउँदै सामाजिक भावनासहित सेवा कार्यमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। सामाजिक उत्तरदायित्व अन्तर्गत भविष्यमा व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर सहयोग गर्ने आश्वासनसमेत दिएका छन्।
कार्यक्रममा मानवसेवा आश्रम बिरगंजका संस्थापक सदस्य देवेश गुप्ता, ओम कुमार झा, प्रमुख मुना मगर पुलामी, प्रदुमन सर्राफ लगायतको उपस्थिति रहेको थियो।
यस खालको सहभागिताले सुरक्षा निकाय र सामाजिक संस्था बीचको सहकार्य र समर्पण भावनालाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ। मानवसेवा आश्रममा भएको यो सहभागिता समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उदाहरणीय कार्यको रूपमा हेरिएको छ।