वृद्वाश्रमका आश्रितका लागि १ लाख ६० हजार बराबरको खाद्यान्न सहयोग

Date:

अजित कुमार भुजेल, साउन ३ गते शनिबार । पर्सा जिल्लाको ठोरी गाउँपालिका–३, भगवाननगरमा अवस्थित वृद्धाश्रममा आश्रित १७ जना वृद्ध–वृद्धाहरूका लागि करिब एक लाख ६० हजार रुपैयाँ मूल्य बराबरको खाद्यान्न तथा आवश्यक सामग्री सहयोग स्वरूप प्रदान गरिएको छ।

शनिबार सम्पन्न उक्त सहयोग कार्यक्रम लायन्स क्लब अफ वीरगंज सेन्ट्रल, लायन्स क्लब मिलेनियम एमजेएफ, संस्कृति गोल्ड तथा ग्रेट पीपलको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा संस्कृति गोल्ड क्लबकी अध्यक्ष सोनी अग्रवालले वृद्धाश्रममै पुगेर दाल, चामल, तेल, नुन, चिनी, मसला लगायतका अत्यावश्यक सामग्रीहरू आश्रमका बासिन्दाहरूलाई हस्तान्तरण गरिन्।

कार्यक्रममा पूर्व डिस्टिक गभर्नर डी.एन. अग्रवाल, सेन्ट्रलकी पूर्व अध्यक्ष मीरा खेतान, सीता अग्रवाल, कविता हालन, संगीता खेतान, मिलेनियम एमजेएफका अध्यक्ष बिनोद खंडेलवाल, सचिव रोशन गुप्ता, पी.बी. शाह, उषा शाह, सुशील चाचान, सुभास अग्रवाल, अमित सर्राफ, ग्रेट पीपलका सुनील केडिया, संस्कृति गोल्डकी सदस्य सुनीता अग्रवाल, लायन्स सदस्य प्रकाश थारू, समाजसेवी, पत्रकार तथा वृद्धाश्रमका व्यवस्थापकहरूको विशेष उपस्थिति रहेको थियो।

लायन्सका वरिष्ठ सदस्य राधेश्याम खेतानले कार्यक्रमबारे विस्तृत जानकारी दिँदै समाजसेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका थिए।

आयोजकहरूका अनुसार वृद्धाश्रममा बसोबास गरिरहेका ज्येष्ठ नागरिकहरूको दैनिक आवश्यकता र स्वास्थ्यलाई ध्यानमा राखी सहयोग सामग्री संकलन गरिएको हो। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस कार्यले वृद्धाश्रममा बसोबास गरिरहेका बासिन्दाहरूको अनुहारमा खुसी ल्याएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्यालयबाटै उपभोक्ता शिक्षा : बर्दघाटका २६ विद्यालयमा सचेतना अभियान

पर्सा पोस्ट , असोज २० गते , बर्दघाट । उपभोक्ताको...

बिरगंज कपडा बैंकद्वारा नयाँ तथा पुराना ५ सय ५० थान कपडा बितरण

पर्सा पोस्ट , असोज १८ गते , वीरगन्ज । वीरगन्ज...

सामाजिक शिक्षा विषयको एकदिने शिक्षक तालिम भव्यताका साथ सम्पन्न

पर्सा पोस्ट ,  असोज १८ गते , वीरगञ्ज । नेसनल...