बिरगंज महानगरको पहलमा टयाङ्कि र टयाङकर मार्फत पानी बितरण सुरु

Date:

अजित कुमार भुजेल , बिरगंज । भू–जल सतह घटेपछि बिरगंजमा पानीको चरम अभाव देखिएको छ । चापाकलहरू सुक्न थालेपछि नगरवासीको दैनिक जीवनमा गम्भीर असर पारेको छ । खाना पकाउने, सरसफाइ, पशुपालन जस्ता आधारभूत कामसमेत प्रभावित भएका छन्।

यस्तो संकटको घडीमा बिरगंज महानगरपालिकाले ट्याङ्कर र ट्याङ्कीमार्फत पानी वितरण सुरु गरेको छ । खानेपानी संस्थानबाट सेवा नपुगेका ठाउँहरूमा बोरिङ र अस्थायी ट्याङ्की जडान गरी पानी पुर्‍याउने काम तीव्र पारिएको हो ।

पानी अभाव झेलिरहेका वडाहरूमा दैनिक तालिकाअनुसार वितरण व्यवस्था गरिएको छ । महानगर प्रमुख राजेशमान सिंहले पानीको चरम संकटलाई प्राकृतिक आपत्‌को रूपमा व्याख्या गर्दै सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । महानगर प्रमुख सिंहले भन्नुभयो “यो सामान्य संकट होइन, गम्भीर प्राकृतिक अवस्था हो । तत्काल राहतसँगै दीर्घकालीन समाधानमा पनि हामी क्रियाशील छौं ।”

महानगरले खानेपानी संस्थानसँग समन्वय गरी केही सार्वजनिक स्थानमा अस्थायी धारा र ट्याङ्की जडान गरेको छ । सीमित स्रोतबीच पनि ३२ वटै वडामा पानी पुगोस् भन्ने लक्ष्यसहित वितरण तालिका लागू गरिएको छ । महानगरको तर्फबाट सबै वडामा समान रूपमा पानी आपूर्ति गर्न निर्देशन दिएको छ ।

महानगरले पानी संकटको समाधानलाई आफ्नो प्रमुख एजेन्डा बनाएको छ । महानगरले आवश्यक परे डिप बोरिङ, पम्पिङ प्रणाली र भू–जल व्यवस्थापनका दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगञ्ज कपडा बैंकद्वारा दशैँको पूर्वसन्ध्यामा ७ सय थान कपडा वितरण

पर्सा पोस्ट, असोज २३ गते, वीरगञ्ज । बडादशैँ २०८३ को...

हेटौँडामा प्रतिबन्धित जुंगे माछाको अवैध कारोबार फेला, ३०० किलो बरामद गरी नष्ट

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । नेपालमा प्रतिबन्धित जुंगे...

वीरगञ्ज–२ छपकैयाबाट रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

पर्सा पोस्ट, असोज २१ गते, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी...