रुङ्गटा वेलफेयर सोसाइटी तथा रिलिफ सोसाइटी अफ कमर्सको सन्युक्त आयोजनामा ९० जनाको कानको निसुल्क अप्रेसन

Date:

अजित कुमार भुजेल , बिरगंज । रूंगटा वेलफेयर सोसाइटी तथा रिलिफ सोसाइटी अफ कमर्सको संयुक्त आयोजनामा कानको निशुल्क शैल्यक्रिया (अप्रेशन ) शिबिर सम्पन्न भएको छ।

बिरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक बहुअरी स्थित इम्प्याक्ट नेपाल रूंगटा वेलफेयर कान उपचार केन्द्र पर्सामा सम्पन्न भएको हो।

रिलिफ सोसाइटी अफ कमर्स पर्सा बिरगंजका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा एवम् प्रमुख अतिथि मुर्लीधर रुङटाको आतिथ्यमा सम्पन्न भएको हो।

सो कार्यक्रममा रिलिफ सोसाइटी अफ कमर्स बिरगंज पर्साका
उपाध्यक्ष नारायण रुङटा,प्रतीक दैनिकका संचालक एवम् बिरगंजका वरिष्ठ संचारकर्मी जगदीश प्रसाद शर्मा,बिरगंज उधोग बाणिज्य संघका पुर्ब अध्यक्ष एवम् वरिष्ठ समाजसेवी गनेश लाठ,सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका अध्यक्ष रमेश चौधरी,पुर्व अध्यक्ष असोक कुमार लाठ, प्रोफेसर डा.बिमल कुमार सिन्हा,पशुपति बिक्रम राणा,उषा शाह लगाएतका विशिष्ट ब्यक्तीहरुको सहभागिता रहेको थियो।

उक्त कानको निशुल्क शिवीर चैत ११ गते देखि १४ गते सम्ममा ११० जनाको चेकअफ भएको थियो।यस निशुल्क शिवीरमा पुरुष ३१ र महिला ४२ जना एवं बच्चा लगायत ९० जनाले कानको अप्रेसन गराएका छन भने अहिले सम्ममा १ हजार जनाले निशुल्क रुपमा कानको शैल्यक्रिया अप्रेशन गराएर लाभ लिएको रिलिफ सोसाइटी अफ कमर्स बिरगंज पर्साका महासचिव निरज अग्रवालले जानकारी गराएका थिए।

उक्त शिवीरमा बारा,पर्सा,रौतहट एवम् छिमेकि रास्ट्रय भारतको विभिन्न ठाउबाट पनि आएर निशुल्क सेवा लिइरहेको जानकारी गराएका थिए।रिलिफ सोसाइटी अफ कमर्स बिरगंज पर्साका महासचिव निरज अग्रवालले कार्यक्रम संचालन गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बाढीपीडितलाई तत्काल राहत र बजारमा कालोबजारी नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्चको अपिल

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । उपभोक्ता हित संरक्षण...

क्यासिनोमा ‘पद–पहुँच’ चलेन : गाउँपालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना प्रहरी नियन्त्रणमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । वीरगञ्जमा नेपाली नागरिकलाई...

‘प्याब्सन स्मार्ट माइन्ड्स’को सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

पर्सा पोस्ट, भदौ २१ गते, वीरगन्ज । प्याब्सन वीरगन्जको आयोजनामा...

लायन्स क्लब गेटवेको हरियाली अभियान : मुस्लिम महिला हाईस्कुलमा ५५ वटा बिरुवा रोपियो

पर्सा पोस्ट, भदौ २१ गते, वीरगञ्ज । ‘वृक्षारोपण गरौँ–पर्यावरण जोगाऔँ’...