ईदको अवसरमा नेशनल मेडिकल कलेजद्वारा गरिब तथा अनाथ बालबालिकालाई नया कपडा बितरण

Date:

अजित कुमार भुजेल ,  बिरगंज । हरेक वर्षझैं यस वर्ष पनि बिरगंज स्थित नेशनल मेडिकल कलेजले ईदको अवसरमा पर्सा र बाराका विभिन्न अतिमखाना (अनाथालय) र मदरसामा अध्ययनरत गरिब तथा अनाथ छात्रछात्रालाई नयाँ कपडा वितरण गरेको छ।

रमजान महिनाको अन्त्यमा मनाइने ईद उल-फित्र पर्वमा नयाँ कपडा लगाउने चलन रहेकाले आर्थिक रूपमा कमजोर बालबालिकाले पनि यो पर्व हर्षोल्लासका साथ मनाउन सकून् भन्ने उद्देश्यले कलेजले यस्तो सामाजिक पहल गर्दै आएको छ।

कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारीका अनुसार, “ईदको दिन कोही पनि दुःखी नहोस् भन्ने सोचका साथ हामीले गरिब तथा अनाथ बालबालिकालाई नयाँ कपडा वितरण गर्दै आएका छौं। यसले उनीहरूको अनुहारमा खुसी ल्याउने हाम्रो प्रयास हो।”

यस पटक पर्सा र बाराका ९ वटा अतिमखाना तथा मदरसाका करिब ५ सय जना छात्रछात्रालाई पुग्ने गरी कुर्ता–पाइजामाको कपडा वितरण गरिएको कलेजका एडमिसन तथा मार्केटिङ डाइरेक्टर अबिद हुसैन अंसारीले जानकारी दिए।

यस सामाजिक कार्यले आर्थिक रूपमा विपन्न बालबालिकालाई पनि पर्वको उमंग महसुस गराउने मात्र नभई, समुदायमा सहयोग र सद्भावको भावना बढाउन महत्वपूर्ण योगदान दिने विश्वास लिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...