ग्रिनसिटि सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा लागूऔंषध दुव्यर्सन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरस्थित श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर १० को संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम ग्रीनसिटीका अध्यक्ष जय प्रकाश खेतानको सभापतित्वमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा बिरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारीहरू, संचारकर्मी, सुरक्षाकर्मी, तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

एसईई परीक्षाको अन्तिम दिन पारेर आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनसम्बन्धी विस्तृत जानकारी प्रदान गरियो। “लागुऔषध भनेको के हो?”, “यसले मानिसको स्वास्थ्यमा कस्तो असर पार्छ?” तथा “लागुऔषध दुर्व्यसनबाट कसरी जोगिने?” जस्ता विषयमा २५० जना विद्यार्थीहरूलाई जानकारी दिइयो। साथै, उनीहरूलाई सचेतनामूलक पम्पलेट पनि वितरण गरिएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल, वडा प्रहरी कार्यालय वीरगंजका प्रहरी सहायक निरीक्षक जय किशोर यादव, सशस्त्र प्रहरी सहायक निरीक्षक एवं ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा आजिवन सदस्य लगायतकाहरुको उल्लेखनीय रुपमा उपस्थिति रहेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...