अजित कुमार भुजेल , बिरगंज । प्रेस सेन्टर नेपाल पर्सा जिल्ला कार्य समितिको बैठक सम्पन्न भएको छ ।
शुक्रबार सामुदायिक नारायणी एफएम परिसरमा पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा बसेको बैठकले जनतासङ्ग माओवादि हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियान अन्तर्गत झापा देखि कंचनपुर सम्मको अभियान अन्तर्गत यहि फागुन २५ र २६ गते दुई दिन पर्सामा हुने भएकोले सो अभियान टोलि फागुन २५ गते आइतबार दिउँसो ३:३० बजे आउने र उहाहरुको स्वागत गर्ने र त्यसैगरि फागुन २६ गते सोमबार बिहान ६:०० बजे घन्टाघर देखि मर्निङ्ग वाक कार्यक्रम , त्यसपछी बिरगंजका उद्योगि , व्यापारीहरु सङ्ग अन्तरक्रिया कार्यक्रम , त्यसपछी पत्रकार भेटघाट कार्यक्रम , अलौ , हुँदै ठोरिमा ३:०० बजे जनसभालाई सम्बोधन गर्ने कार्यक्रम भएकोले सफल बनाउन प्रेस सेन्टर नेपाल पर्साले सो बिषयमा छलफल गरि सभ्य र भब्य पार्नुका साथै सो कार्यक्रमका समाचार सम्प्रेषण गरि सफल बनाउने समेत निर्णय गरेको थियोे ।
सो बैठक सामुदायिक नारायणी एफएम परिसरमा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा भएको सो बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रिय प्रतिनिधि संतोष पौडेल , मधेस प्रदेश अध्यक्ष निरज पिठाकोटे मगर , प्रदेश सदस्य भरत सरार्फ , मधेस प्रदेशका पुर्व सचिव मुनेश लायो मगर , पुर्व सदस्य अशोक श्रीवास्तव , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल , प्रदेश प्रतिनिधि रुपेश बर्मा , पर्साका पुर्व अध्यक्ष दिपक गौतम , पर्सा जिल्ला सचिव अजित भुजेल , सहसचिव बिदुर गौतम , सहसचिव रन्जित यादव , कोषाध्यक्ष सन्जित गुप्ता , सदस्य रितेश झा, प्रणय साह , आनन्द साह , संतोष कुमार कुशवाह , अमिर मन्सुरी , बिजय ठाकुर समेतको उपस्थिति रहेको जिल्ला सचिव अजित भुजेलले जानकारी दिनुभयो ।