गौतम माबिका सन्चालक लामाद्वारा अभिभावक संघ पर्साका अध्यक्ष साहलाई प्रतिसोध साध्न साईबर क्राईम झुठा मुद्दामा फसाउन खोजियो :- सचिब साह

Date:

अजित कुमार भुजेल , बिरगंज । गौतम मा.बि.का संचालक सोनम लामाद्धारा प्रतिसोध साध्न साईबर क्राईमको झुठा मुद्दामा फसाउन खोजिएको अभिभावक संघ पर्साले आरोप लगाएको छ ।

आफ्नो अध्यक्षलाई झुठा मुद्दा लगाई फसाउन खोजेको भन्दै अभिभावक संघ पर्साले एक बिज्ञप्ती मार्फत बिरोध जनाएको छ ।

विद्यार्थी एमव् अभिभावकको हक हितको लागि सदैव तत्पर रहने संघका अध्यक्ष संदिप साहलाई गौतम मा.बि.का संचालक सोनम लामाले प्रतिसोध साध्नको लागि साईबर क्राईमको झुठा मुद्दा लगाई अनैतिक तथा असोभनिय तरिकाले धर पकड गर्न लगाई थुनामा राख्ने कार्य गरेकोले अभिभावक संघद्धारा घोर निन्दा तथा भत्र्सना गरिएको छ ।

संघ उनको शिध्र रिहाईका लागि जोडदार माग समेत गरेको संघका सचिव बिरेन्द्र साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख भएको छ ।
यसै बिच संघले भोलि फागुन २४ गते शनिबारका दिनमा पुर्व निर्धारित रक्तदानको कार्यक्रम समेत फरक परिस्थीतिका कारणले अन्तिम चरणमा स्थगित गरिएको जनाएको छ । संघका अध्यक्ष साहले निरन्तर अभिभावकहरुको जायज माग उठाउदै गरेको र उनको यो कदमले बिभिन्न विद्यालयका संचालकहरु रुष्ठ भएको तथा अध्यक्ष साहलाई निराधार आरोप सहित फसाउने कार्य गरिरहेको पाईएकोले निजको यथासिघ्र रिहाई नभए उत्पन्न हुने परिस्थीतिको जिम्मेवार गौतम विद्यालय प्रशासन नै हुने चेतावनी पनि दिएको सचिव साहद्धारा जारी भएको बिज्ञप्तीमा उल्लेख भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

डि’ चिल्ड्रेन गार्डेन मन्टेसरीद्वारा दुई जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पर्सा पोस्ट , असार ०४ गते , वीरगञ्ज । वीरगञ्जस्थित...

बिरगंजमा एथरको नयाँ एक्सपिरियन्स सेन्टर संचालनमा , आधुनिक ई- स्कुटरप्रति बढ्दो आकर्षण

पर्सा पोस्ट , असार ०४ गते , वीरगञ्ज । प्रिमियम...

सहानुभूति , प्रेम र करुणा बिना जीवन अधुरो : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०४ गते , रक्सौल, पूर्वी...