अजित कुमार भुजेल,बिरगंज। क्रियाशिल युवा पत्रकार मञ्च नेपालद्वारा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बिरगंजको घन्टाघरमा क्रियाशिल युवा पत्रकार मञ्च नेपालद्वारा तेस्रो पटक खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो। रक्तदान कार्यक्रममा १ महिला सहित ३१ जनाले रक्तदान गरि सहयोग गरेका थिए ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा विशिष्ट अतिथिमा बिरगंज महानगर पालिका वडा न. ४ का वडा अध्यक्ष जगत साह कानु , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र , अतिथिमा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख लोकराज भट्ट , समाजसेवी प्रकाश थारु , वडा प्रहरी बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं , सामुदायिक प्रहरी कुम्हालटाेलका सचीव श्रवण बहादुर रायमाझी, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह, अभिलास गुप्ता ,समाजसेवी राजेन्द्र भट्टराई लगायतको विशेष उपस्थिति रहेको थियो ।
क्रियाशिल युवा पत्रकार मञ्च नेपालका अध्यक्ष प्रणय साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आनन्द पटेल , सचिव बिरेन्द्र साह , कोषाध्यक्ष उपेन्द्र बरई , सदस्यहरु उपेन्द्र पटेल, अरुण साह , दिनेश ठाकुर , मुकेश गुप्ता, कन्हैया बर्णवालको उपस्थिति रहेको थियो।
रक्तदान गर्नु हुनेमा संचारकर्मी कृष्ण कुश्वाहा,उमेश नारायण मानन्धर,आदित्य कुमार महरा,नारायण क्षेत्री,राजेश दास , राज कुमार सहनी,लोकेश रावत,राजिव कुमार झा,मन्जय साह,रोहित राज,राज बिधा पन्जियार लगायतकाले आफ्नो अमुल्य रक्तदान गरेका थिए।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप शाखाका युवा संयोजक अभिलाष गुप्ता एवं बिरगंज रक्त संचार केन्द्रका दिल्ली माया घिमिरे ,नमित चौरसिया, समीर हासमी, श्री राम शर्मा लगायतकाको प्राबिधिक सहयोग रहेको थियो।