प्याब्सन पर्साको क्रिक्रेट प्रतियोगिताको उपाधि मुनलाईट स्कुलले उचाल्यो

Date:

अजित कुमार भुजेल , बिरगंज । प्याब्सन पर्साले आयोजना गरेको नेपाल मेडिसिटी ईन्टर स्कुल नकआउट क्रिकेट प्रतियोगिताको उपाधी मुनलाईट स्कुलले उचालेको छ ।

बुधवार नारायणी क्रिकेट मैदानमा भएको फाइनल खेलमा विद्यासागर स्कुललाई १७ रनले पराजित गर्दै मुनलाईटले उपाधि उचालेको हो । त्यसै गरि तेस्रो स्थान  साउथजोन भएको छ ।

टस जितेर पहिला ब्याटिङ्ग गरेको मुनलाईट स्कुलले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन जोडेका  थिए । जसका लागि सेराज हवारी एक रनले अर्धशतक बनाउनबाट चुके । उनले ३२ बलमा ४९ रन बनाए । ११४ रनको लक्ष्यसहित मैदान उत्रिएको विद्या सागर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९६ रनमै सिमित हुन पुगे ।

प्रतियोगिताको प्लेयर अफ दी म्याच सेराज हवारी भए । सेराज प्रतियोगिता भरीकै उत्कृष्ट खेलाडी पनि भए । प्रतियोगिता कै उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरको उपाधि पनि सेराज हवारीकै नाममा रहयो । उत्कृष्ट फिल्डर दिलरन्जन यादव भए भने उत्कृष्ट विकेट किपर अनुप कुवर भए । विद्यासागरका जुनैद आलम ईमर्जिङ् प्लेयर घोषित भए ।

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको अध्यक्षतामा भएको समापन समारोहका अवसरमा विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । प्रथम हुने मुनलाईटले १५ हजार नगदसहित शिल्ड, कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको विद्यासागरले १० हजार नगद र तृतिय भएको साउथ जोन स्कुलले ५ हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यसबाहेक विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पनि नगदसहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...