नेशनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन बिरगंजमा फागुन १५ र १६ गते दुई दिन हुने

Date:

अजित कुमार भुजेल , बिरगंज । नेशनल प्याब्सनको  आठौं राष्ट्रिय महाधिवेशन बिरगंज हुने भएको छ ।

बिरगंजको आदर्शनगरस्थित टाउनहलमा फागुन १५ र १६ गते दुई दिन हुने आयोजक तयारी समितिले आज  पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएका थिए ।

नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डप हमालले बिहीबार र शुक्रबार बीरगंजमा राष्ट्रिय निजी तथा आवासीय बिधालय एसोसिएसन  नेपालको आठौ राष्ट्रिय महाधिवेशन गर्न लागेको जानकारी दिनुभएको छ। पत्रकार सम्मेलनमा अध्यक्ष हमालले मुलुकभरबाट करिब १५०० सय बिधालयका संस्थापक संचालक प्रिन्सिपलहरुको सहभागी हुने भएकोले यसलाई सभ्य र भब्य बनाउन सम्पूर्ण तयारी पुरा भएको बताए । निर्वाचन प्रक्रियाबाट निर्वाचित ५२ जना र ५ जना मनोनीत गर्ने र यसको कार्यकाल ३ बर्षको हुने बताए ।

महाधिवेशनमा वर्तमान सरकारले शिक्षा ऐन पारित गर्न लागेकोमा यसलाई नेशनल प्याब्सनले संस्थागत विकास कसरी गर्ने भन्ने बारेमा निर्वाचनबाट निर्वाचित भएका पदाधिकारीहरुको जिम्मेवारी रहने अध्यक्ष हमालको भनाइ रहेको छ। अहिले नेशनल प्याब्सन ३६ जिल्लामा प्रतिनिधि रहेको बताउदै संघीय प्रदेश स्थानीय लगायतमा नेशनल प्याब्सनको भुमिका कस्तो रहनुपर्ने भन्ने बारेमा समेत गम्भीरतापुर्वक छलफलमा सवालहरु उठाउने योजना रहेको बताएका छन् ।

महाधिवेशनमा शैक्षिक सुधार ,जनशक्ति उत्पादन उनीहरूको विकास तथा सामाजिक सुरक्षा कोष लगायतका कुरामा जोड दिइने कार्यक्रम रहेको अध्यक्ष हमालले बताएका हुन । बिहीबार दिउँसो १२ बजे केन्द्रिय कमिटीको बैठक बस्ने र दिउँसो ३ बजेदेखि अधिवेशनको  उद्घाटन सत्र रहेको छ भने शुक्रबार  बिहान  ८ बजे विभिन्न जातजातिको भेषभुषमा सजिएर घन्टाघरबाट रयाली  निकाल्ने तयारी रहेको र ९ बजे निर्वाचन नामावली प्रकाशन , ११ बजे मतदान सुरु हुने र ३ बजे देखि ५ बजेसम्म मतगणना गरिसक्ने कार्यक्रम तय गरिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष सुवोध कुमार  डागी ,आठौं राष्ट्रिय महाधिवेशन आयोजक तयारी समिति संयोजक गिता क्षेत्री राणा, पुर्व अध्यक्ष कर्ण बहादुर शाही ,निर्वतमान अध्यक्ष रितु राज सापकोटा ,पुर्व वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई ,उपमहासचिव कुराम भट्टराई ,पाराशमणि ढकाल ,कोषाध्यक्ष प्रताप बहादुर थापा क्षेत्री ,पुर्व केन्द्रीय सदस्य चन्द्रनारायण मण्डल ,काशीनाथ दाहाल ,इन्द्रदेव साह,शिवदत तिवारी ,पुर्व कोषाध्यक्ष कुमार भट्टराई ,पुर्व उपाध्यक्ष मनोज घिमिरे , मधेस प्रदेश अध्यक्ष डा. नन्दन यादव , जिल्ला अध्यक्ष रामराज श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रमको सहजिकरण महासचिव पाराशमणि दाहालले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...