ब्राह्ममकुमारी राजयोग सेवा केन्द्रद्वारा ८९ औं त्रिमुर्ति शिव जयन्तीको अवसरमा आध्यात्मिक प्रवचन एवं शिव ध्वजारोहण समारोह सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैया द्वारा ८९ औं त्रिमूर्ति शिव जयन्ती को पावन अवसरमा आयोजित वर्तमान समयमा महाशिवरात्रिको अद्वितीय महत्व विषयक आध्यात्मिक प्रवचन एवं शिव ध्वजारोहण समारोह एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथी मधेस प्रदेशका सान्सद श्याम पटेलको आतिथ्यमा एवम् विशिष्ट अतिथिमा सामुदायिक प्रहरी कुम्हालटाेलका सचीव एवं समाज सेवी श्रवणबहादुर रायमाझी,छपकैयाका अध्यक्ष गयासुदिन ठकुराई,पत्रकार अभिलाष गुप्ता,समाज सेवी राजेन्द्र भट्टराई,मधेश बिश्व बिधालयका उपकुलपति डा.दिपक शाक्य,बिरगंज नर्सिङ कलेजका प्रमुख कल्पना पौडेल,समाजसेवी प्रकाश थारु,प्रकाश उपाध्याय,नेपाल रेडक्रस सोसाइटी बिरगंज उपाध्यक्ष मधु राणा,बिके छोटेलाल,गोकुल गुबाजु लगाएतकाहरुको विशेष उपस्थितिमा सम्पन्न भएको थियोे।उक्त कार्यक्रमका अध्यक्षता ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैया बिरगंजकि क्षेत्रिय एवं मुख्य संचालिका रबिना दिदिको अध्यक्षतामा सम्पन्न भएको थियोे।

भगवान् शिव यो धर्तीमा अवतरित हुनु भएको ८८ बर्ष पूरा भई ८९ बर्षमा प्रवेश गरेको ८९ औं त्रिमुति शिव जयन्तीको अवसर यो कार्यक्रमको आयोजना गरिएको हो।शकर पार्वती र सर्ब आत्माहरुको पिता एउटै प्रमात्मा शिव हुन भन्ने उदेश्यका साथ
८९ जन्म दिनको पुनित अवसरमा केक काटेर धुमधामका साथ मनाईएको थियोे।

स्वागत मन्तव्य ब्रहमाकुमारी बेलि दिदिले गरेकी थिईन।सो कार्यक्रममा स-साना बालबालिका द्वारा स्वागत नृत्य प्रस्तु गरिएको थियो।आजको कार्यक्रम सन्चालान ब्रहमाकुमारी राजयोग सेवा केन्द्र छपकैयाका ब्राहकुमार गोबर्धन चौधरीले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंजमा नौदिने श्री रामकथा महायज्ञ भब्य रूपमा सम्पन्न , ५ हजारभन्दा बढीले महाप्रसाद ग्रहण

पर्सा पोस्ट, बैशाख १७ गते, वीरगञ्ज । वीरगञ्जस्थित पञ्चमुखी हनुमान...

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...