प्याब्सन पर्साको क्रिक्रेट प्रतियोगिताको फाईनल खेल मुनलाईट र विद्यासागर बीच भिडन्त हुने

Date:

अजित कुमार भुजेल ,बिरगंज ।  प्याब्सन पर्साले आयोजना गरेको नेपाल मेडिसिटी इन्टर स्कुल नकआउट क्रिकेट प्रतियोगिताको फाइनल भिडन्त मूनलाइट र विद्यासागर विद्यालयबीच हुने भएको छ ।

आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा विद्यासागरले ज्ञानदालाई १३ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको विद्यासागरले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ११७ रनको योगफल तयार पारेको थियो । ११८ रनको लक्ष्य ज्ञानदाले पूरा गर्न सकेन ।

ज्ञानदा ७ विकेट गुमाएर १०४ रनमै समेटियो । सो खेलमा विद्यासागरका जुनैद आलम प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै मंगलवार नै भएको पहिलो सेमिफाइनल खेलमा मूनलाइटले साउथ जोनलाई ५६ रनले पराजित गर्दै फाइनल यात्रा तय गरेको छ । टस जितेर पहिला ब्याटिंग गरेको मुनलाईटले ४ विकेटको क्षतिमा १३६ रन बनाएको थियो ।साउथजोन १४.३ ओभरमा ८० रनमै अलआउट भयो । मूनलाइटका लागि अर्धशतक बनाउने दिलरंजन यादव खेलको प्लेयर अफ दी म्याच घोषित भए ।

यसअघि भएको अन्तिम क्वाटरफाइनलमा ज्ञानदाले सेन्ट जेभियर्सलाई २ विकेटले पराजित गरेको थियो । सेन्ट जेभियर्सले १४.२ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो । ज्ञानदाले १३.५ ओभरमा २ विकेट बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । सो खेलमा ज्ञानदाका अदिल अन्सारी प्लेयर अफ द म्याच बनेका थिए।

प्रतियोगिताको तेस्रो स्थानका लागि बुधबार बिहान ८ बजे साउथ जोन र ज्ञानदा एकेडेमी भिड्नेछन् भने फाइनल खेल बिहान ११ बजे मूनलाइट र विद्यासागर बीच हुने प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए । उनकाअनुसार दिउँसो १ बजे समापन समारोहको समेत आयोजना गरिने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...