पर्साका पत्रकार निरज पिठाकोटे प्रेस सेन्टर नेपाल मधेस प्रदेशको अध्यक्षमा निर्वाचित

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रेस सेन्टर नेपाल मधेस प्रदेशको पाँचौ अधिवेशन महोत्तरीको बर्दीवासमा सम्पन्न भएको छ । सम्मेलनले पर्साका नीरज पिठाकोटे मगरको अध्यक्षतामा २१ सदस्यीय मधेस प्रदेश कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा गोपाल गुप्ता (सप्तरी), उपाध्यक्षमा रामएकबाल महरा (धनुषा), महासचिवमा  जिवछ यादव उदासी (सिराह), सचिव रमेश साह (बारा), सचिव ओम किशोर चौधरी (रौतहट), सचिव रंजित पाण्डे (पर्सा), सचिव दिपेन्द्र यादव (सप्तरी), कोषाध्यक्ष निरन्जन साह (महोत्तरी) सदस्यहरुम विष्णु गुप्ता, इशारा लामा, रामनारायण ठाकुर, अनुभक्त चौधरी, भरत सोनार (सरार्फ), सब्दर हुसैन शाह, महेन्द्र मण्डल, प्रतिभा झा, सन्तोष कुमार लामा, सुमन लामा, उमेश धलान, मुकेश कुमार महतो, महेन्द्र सहनी निर्वाचित गरेको छ ।

महिला उपाध्यक्ष सहित केही पद रिक्त रहेकोले आगामी बैठकमा पदपूर्ति गरिने नवनिर्वाचित अध्यक्ष निरज पिठाकोटे मगरले जानकारी दिए ।
प्रेस सेन्टर नेपाल मधेस प्रदेश अध्यक्ष किरण कर्णको अध्यक्षतामा भएकोअधिवेशनको उद्घाटन सत्रमा प्रमुख अतिथि नेकपा ( माओवादी केन्द्र ) का उपमहासचिव एवं मधेस प्रदेशका इन्चार्ज कमरेड मात्रिका यादव, प्रेस सेन्टर नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कमल गिरी, मधेस प्रदेश सभामा माओवादी केन्द्रका संसदीय दलका नेता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य कमरेड भरत प्रसाद साह, पार्टीका महोत्तरी इन्चार्ज राजु खड्का, केन्द्रीय सदस्य कमरेड प्रकाश पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, प्रदेश अध्यक्ष श्याम बञ्जारा , पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश महासचिव तथा संगठनका केन्द्रीय सचिव शैलेन्द्र महतो क्रान्ति, महासंघका केन्द्रीय सदस्य तथा संगठनका सचिव राजु विश्वकर्मा, केन्द्रीय सल्लाहाकार देवराम यादव, प्रदेश पदाधिकारी तथा जिल्लाका अध्यक्षहरु र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

स्वागत मन्तव्य प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य सुनिता बरालले र कार्यक्रम सन्चालन मधेस प्रदेश महासचिव गोपाल  गुप्ताले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...