प्रेस सेन्टर नेपाल पर्साद्वारा मधेस प्रदेशमा निर्वाचित अध्यक्ष , सचिब र सदस्यलाई सम्मान

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रेस सेन्टर नेपाल पर्साको आयोजनामा मधेस प्रदेशमा पर्साबाट निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ । प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ प्रसाद यादवको अध्यक्षतामा आईतबार भएको कार्यक्रममा प्रेस सेन्टर नेपालको मधेस प्रदेश अध्यक्षमा निर्वाचित पर्साका नीरज पिठाकोटे मगर , सचिवमा रञ्जित पाण्डे र सदस्यमा शब्दर हुसैन शाह र भरत सरार्फलाई सम्मान गरेको हो ।

निर्वाचित अध्यक्ष पिठाकोटे, सचिव पाण्डेय र सदस्य हुशैनलाई प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश इञ्चार्ज गोविन्द देवकोटा , पर्सा अध्यक्ष शिवनाथ प्रसाद यादव, सचिव अजित कुमार भूजेल तथा उपस्थित पदाधिकारीहरुले अविर , माला र  खादा लगाएर सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा निर्वाचित हुनु हुने सम्पुर्णलाई केन्द्रिय उपाध्यक्ष देवकोटाले जिम्मेवारी पुर्वक काम गर्न र संगठनलाई अझ उचाईमा पुर्याउन यहाको कार्यकाल सफल होस भनि सुभ कामना समेत दिनु भएको थियो ।
सो सम्मान कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय प्रतिनिधि सन्तोष पौडेल , मधेस प्रदेशका पुर्व सचिब मुनेश लायो मगर ,मधेस प्रदेश पार्षद रुपेश बर्मा ,दिपेन्द्र साह , पर्सा उपाध्यक्ष समिना रन्जितकार , सहसचिव बिदुर गौतम ,कोषाध्यक्ष सन्जित गुप्ता , सदस्य रितेश झा ,बिशाल पटेल , आनन्द साह लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...