अजित कुमार भुजेल , बिरगंज । श्री शिवशक्ति कोटी होम महायज्ञको शुभारंभ महायज्ञ मुल समितिद्धारा उद्घाटन गरि बिधिवत रुपले आजबाट सुरु भएको छ।
आज बिहिवारको दिन नेशनल मेडिकलको दक्षिणतिर करीब २ सय मिटर अगाडि बिश्रामपुर वडा नम्बर ५ स्थित ईटियाहीमा श्री शिवशक्ति कोटी होम महायज्ञमा प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष जुल्फकार अली भुट्टो (जुबेर भाई) महायज्ञ मुल समितिका अध्यक्ष शिव शंकर प्रसाद यादव,वडा नम्बर ५ ईटियाहीमको वडा अध्यक्ष अमिरी गुप्ता, २ नम्बरका वडा अध्यक्ष मनोज यादवद्धारा सन्युक्त रुपमा रिबन काटी श्री शिवशक्ति कोटी होम महायज्ञको शुभारंभ उद्घाटन गरिएको थियोे।
उक्त महायज्ञको पुजामा १५ जोडी जजमान रहेको प्रचार प्रसार समितिका संयोजक राज सर्राफले जानकारी गराएका थिए। सो महायज्ञमा महायज्ञ मुल समितिका अध्यक्ष शिव शंकर प्रसाद यादव,गाउँ पालिका उपप्रमुख प्रियंका देबी, प्रचार प्रसार समितिका संयोजक राज सर्राफ लगायतका स्थानीय भक्तजनहरुको १५ जोडी श्रीमान एवम् श्रीमती सो महायज्ञको पुजामा
जजमानीको रुपमा पुजा आराधना गरी बिधिवत रुपले शुभारंभ भएको हो।
उक्त पुजा लगातार २२ दिन सम्म चल्ने आयोजकले जानकारी गराएको छ।
यस श्री शिवशक्ति कोटी होम महायज्ञमा सुरक्षालाई मध्यनजर गर्दै ९ ओटा सिसि टिभी र २ सय भन्दा बढी स्वयंसेवकहरु परिचालन हुने छ ।
यो शिवशक्ति कोटी होम महायज्ञ मधेश प्रदेश मै यस्तो ठुलो महायज्ञ हुने भएकोले यस्को अनुमानित लागत १ करोड ३० लाख लाग्ने भएकोले यस पुनित कार्यमा हामी सबैजना मिलेर कार्य गर्नुपर्ने बताए।
यो महायज्ञमा सानो ठुलो गरि १ हजार ११ पिस मुर्तिहरु बनाईएको छ ।आज बाट महायज्ञ बिधिवत रुपले संचालन भएको हो ।यो महायज्ञ १ महिना चल्ने छ यस महायज्ञमा बच्चाहरुकोलाई विभिन्न मनोरञ्जनका जस्तै टावर झुला,मौतका कुवा, सर्कस,नाव झुला, डैनसिग झुला इत्यादि मनोरञ्जनका ब्यवस्थापन गरिएको छ भने बृन्दावनबाट आई यहाँ महायज्ञ स्थलमा राम लिला ,रास लिला आदि कार्यक्रमहरु पनि गराईने छ।
यस महायज्ञमा धेरै भन्दा धेरै भक्तजनहरु सहभागी भई सहयोग गरौं र पुन्यको भागी बनौं भनेर आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरौं । उक्त कार्यक्रममा गाउँका बुद्धिजीवी,नागरिकसमाज, अगुवा कार्यकर्ता एवम् पदाधिकारीहरु ,
भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।