राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा फागुन १ गत्ते देखि बिरोधका कार्यक्रम गर्ने

Date:

अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा फागुन १ गते देखि बिरोधका  कार्यक्रम गर्ने भएको हो। आज राष्ट्रिय मुक्ति पार्टी नेपालका संयोजक राजेश साहको अध्यक्षता बसेको बैठक बाट उक्त निर्णय गरिएको हो।

सो बैठकमा पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन शमानी, अनिरुद्ध प्र.कलवार, रेखा घिमरे लगायत जिल्लाका नेताहरूको विशेष उपस्थिति रहेको थियोे।उक्त  बैठकबाट निम्न निर्णय गरीएको छ ।

पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिकाको नगर प्रमुखलाई मिति २०८१-७-५ गतेका दिन बुझाइएको ज्ञापन पत्रमा कुनै सुनवाई न भएकोले फागुन १ गते बिहीबारका दिन देखि बिरोधका कार्यक्रम गर्ने निर्णय गरिएको हो। ” पोखरीया नगरपालिका संग गरिएको मागहरू ” यस प्रकारका छन।
(१) हालमा बढाईएको सम्पत्ति कर फिर्ता गर्नु पर्ने।
(२) कर्मचारीहरूलाई समयमा तलब दिनु पर्ने।
(३)नगरपालिका भित्र भईरहेको ठगी धन्दा बन्द गर्नु पर्ने ।
(४) निर्माण कार्य सम्पन्न गरेकालाई भुक्तानी दिनु पर्ने ।
(५) नगर बिस्तारमा जग्गा धनी तथा खरिद कर्ताको जग्गा दिनु पर्ने।
(६) स्वास्थ्य बिमा गराएकाहरूलाई औषधि उपलब्ध गराउनु पर्ने।
(७) यस नगरपालिकाबाट मधेश आन्दोलनको क्रममा शहीद भएका बिरबल मुखिया बिन तथा शहीद चंदन पटेलको नाममा शहीद पार्क निर्माण गर्नु पर्ने।
यि सात मागहरु रहेको राष्ट्रिय मुक्ति पार्टी नेपाल पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन शमानीले जानकारी गराएका हुन।उनका भनाई अनुसार फागुन ७ गते पार्टी कार्यालयको उदघाटन जिल्ला कार्य समितिको बिस्तार गर्ने भनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...