बिरगंजमा ७ लाख रुपैयाँ सहित हुण्डी कारोबारमा सन्लग्न एक जना पक्राउ

Date:

अजित कुमार भुजेल ,बिरगंज। बिरगंजमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा ७ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिरगंज महानगरपालिका वडा न. १० आदर्शनगरस्थित ग्लोबल आईएमई बैंक नजिकैबाट अजय कुमार साहलाई पक्राउ गरेको हो । पक्राउ परेका साह पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा न.३, झौवा निवासी ४३ वर्षीय अजय कुमार साह रहेका छन् ।

प्रहरीले उनलाई शंका लागि जाँच गर्दा उनले लगाएको सेतो ट्रयाक्सुटको दुवै साइडकाे खल्तीबाट लुकाइछिपाई राखिएको १,००० दरका ७०० थान नोट कुल ७ लाख रुपैयाँ बरामद गरेको हो ।

पक्राउ परेका साहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबारसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार यसअघि पनि २०८१ वैशाख ७ गते उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूरमा मुद्दा चलाइएको थियो, जसले पटके हुण्डी कारोबारी रहेको पुष्टि गरेकाे प्रहरीले जनाएकाे छ । प्रहरीले साहलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

रास्वपा बारा अधिवेशन :जिल्ला सचिबमा सन्नि जैसवालको उमेदवारी घोषणा

पर्सा पोस्ट , जेष्ठ २४ गते , बारा । राष्ट्रिय...

प्रेम , नम्रता र सम्बन्धको महत्वबारे बिमल सरार्फका विचार

पर्सा पोस्ट , जेष्ठ २४ गते , रक्सौल, पूर्वी...