बिरगंज कपडा बैंकद्वारा बिरगंज -२२ स्थित मनियारिमा निसुल्क कपडा बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज  कपडा बैंकद्वारा बिरगंज महानगर पालिका वडा न. २२ मनियारिमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सम्पन्न गरेको छ। 

चिसोको समयमा बिपन्न असहायह्स्रुको जनजिवन कष्टकर हुने भएकोले आज को दिन निशुल्क कपडा वितरण गरिएको प्रमुख अतिथी बैंकका बरिस्ठ सल्लाहकार अधिवक्ता प्रकाश कुमार उपाध्यायले बताउदै दिन दुखी असहायको सेवा सहयोग नै मानवको सर्बोत्तम धर्म भएकोले सम्पुर्णलाई आआफ्नो आम्दानिको ५ देखि १०% सामाजिक सेवामा खर्चिएर मानवता बलियो बनाउनु पर्नेमा जोड दिनुभयो ।

प्रत्येक दिन आइतबार देखि शुक्रवारसम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट दिन दुखी असहायलाई नि:शुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले राज होजियरीबाट सहयोग ११० थान नया स्वेटर एवं ट्रयाकसुटको साथै अन्य पुराना गरि जम्मा १ हजार थान कपड़ा वितरण गरिएको सदस्य निला कुमारी रामले बताए ।

बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी बैंकका सल्लाहकार वरिष्ठ समाजसेवी अधिवक्ता प्रकाश कुमार उपाध्याय ,अतिथीमा बिरगंज महानगर पालिका वडा न.२२ का वडा सदस्य उर्मिला देवि राम,स्थानिय समाजसेवीहरु  बुनेल राम,दिपक साह ,  द्वारका प्रसाद यादव, असर्फी प्रसाद यादव ,बैंकका सल्लाहकार सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, उपाध्यक्ष सामाजिक अभियन्ता प्रकाश थारु ,सदस्य सन्जय मण्डल, कर्मचारी शोभा देवि लगायत  स्थानिय अग्रज,महिला , युवाहरुको बाक्लो सहभागिता रहेको थियो ।

सो अवसरमा अध्यक्ष सिंहले तपाईं संग धेरै छ भने हामिलाइ दिनुस र तपाइलाइ आवश्यक छ कमि छ भने हामी संग निशुल्क लिएर जानुस को मुल मन्त्रलाइ आत्मसात गरि विगत ६ वर्षदेखि बिपन्न असहायहरुको सेवा सहयोग गर्दै आइरहेको र यो हामी सबैको साझा प्रयास सहयोगले दिन दुखी असहायको सेवा सहयोग हुने र त्यो नै मानवको सर्बोत्तम धर्म भएको भन्दै सम्पुर्णलाई आआफ्नो ठाउबाट दिन दु:खी ,  असहायको सेवा सहयोग गर्न आग्रह गर्दै मानवताप्रेमी सहयोगी दाता, सुभेच्छुक ,संचारकर्मि, सल्लाहकार,पदाधिकारी,  सदस्यजन एवं सहभागी सम्पुर्णलाइ स्वागत धन्यवाद व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...