त्रिभुवन हनुमान माबिमा अध्ययनरत दुई जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

Date:

अजित कुमार भुजेल , बिरगंज। त्रिभुवन हनुमान माध्यमिक बिधालय रेशमकोठीमा अध्ययनरत २ जना जेहन्दार छात्रलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम स्कुल ब्यवस्थापन समितिका अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा सम्पन्न भएको हो। उक्त छात्रवृत्ति भरत मायादेवी सेवा समिति रेशमकोठीद्वारा प्रदान गरिएको हो। कार्यक्रममा भरत मायादेवी छात्रवृत्ति रेशमकोठीका संरक्षक डाक्टर रामभक्त ठाकुरले प्रदान गर्नुभएको थियोे भने समितिका अध्यक्ष र कोषाध्यक्षको पनि उपस्थिति रहेको थियोे।

त्रिभुवन हनुमान माध्यमिक बिधालयका  प्रधानाध्यापक कविता कुमारी फुयाँल लगायत सम्पुर्ण शिक्षक,शिक्षिकाहरुको एवं विद्यार्थीहरुको उपस्थितिमा सम्पन्न भएको हो । दुइ जना एक छात्र र एक छात्रालाइ जनहि छ हजार एकसय एकका दरले दिईएको थियोे।

भरत मायादेवी छात्रवृत्ति रेशमकोठीका संरक्षक डाक्टर रामभक्त ठाकुरका अनुसार छात्रालाई स्व. बुवा आमाको नामको छात्रवृत्ति पुरस्कार दिँदा मन प्रसन्न भयो।यो त्यही स्कूल हो जहाँ मैले फीस तिर्न नसकेर मेरो नाम काटेको थियो। अब कुनै जेहन्दार विद्यार्थीको नाम नकाटीयोस , आमाको इच्छा पूरा गर्न म यो छात्रवृत्ति पुरस्कार दिएको बताएका थिए। आगामी दिनमा पनि म संग जे हुन्छ म गर्ने छु भनी प्रतिबद्धता जाहिर गरेका थिए।आजको यस कार्यक्रममा
प्रधानाध्यापक कविता कुमारी  फुयाल, अध्यक्ष केडीया र अन्य उपस्थित व्यक्तिहरुले यसमा प्रकाश पार्नु भएको थियो।

प्रधानाध्यापक कविता कुमारी  फुयालले भरत मायादेवी सेवा समिति रेशमकोठीका संरक्षक डा. रामभक्त ठाकुरले आज हाम्रो विद्यालयको कक्षा नौ मा अध्ययनरत जेहन्दार तथा गरिव एक जना छात्रा र एकजना छात्रलाई छात्रवृत्ति वितरण गर्नु भएकोमा हृदयदेखि नै धेरै धेरै धन्यवाद दिएकी थिईन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जिल्ला ट्राफिक प्रहरीद्वारा आइसिपि रोडमा विशेष चेकिङ्ग

पर्सा पोस्ट , बैशाख १५ गते , बिरगंज ।जिल्ला...

” पुजा घ्यू बन्द गराउने हाम्रो कार्यक्षेत्र हैन”, सुरेश सिंह – कार्यालय प्रमुख

पर्सा पोस्ट, बैशाख १५ गते , वीरगञ्ज । खाद्य प्रविधि...

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...