नेपाल नेत्र ज्योति संघ पर्साको २१ औं जिल्ला बार्षिक साधारणसभा सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज। नेपाल नेत्र ज्योति संघ पर्साको २१ औँ जिल्ला वार्षिक साधारण सभा वीरगञ्जको लक्ष्मणवामास्थित ज्येष्ठ नागरिक पार्कमा सम्पन्न भएको छ ।

शाखाका सभापति भगवती प्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल गमलामा पानी हाल्दै धूप बत्ती वाली गरेका थिए ।

साधारण सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन सचिव सिताराम उपाध्यायले प्रस्तुत गरेका थिए भने, आर्थिक प्रगति प्रतिवेदन कोषाध्यक्ष दीपिका श्रेष्ठले वर्षभरिको आय-व्यय विवरण प्रस्तुत गरेका थिए।कार्यक्रममा श्यामकुमार पोखरेलले सबैको प्रतिबद्धता आँखा क्षेत्रको क्षेत्रमा आवश्यक रहेको उल्लेख गर्दै, बालबालिका देखि लिएर जेठा नागरिकसम्मले नेपाल नेत्र ज्योति सङ्घको सेवा र सुविधाबाट लाभ उठाउनु पर्ने कुरामा जोड दिए । उनले गाउँ गाउँमा सेवा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

२१औँ वार्षिक साधारण सभामा उपाध्यक्ष मदन प्रसाद गुप्ताले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने धन्यवाद मन्तव्य निमित्त सभापति श्रीमती मधु राणाले व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा वर्ष भरिमा नयाँ आजीवन सदस्यता प्राप्त गरेका व्यक्तिहरूलाई प्रमाणपत्र वितरण पनि गरिएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस मधेस प्रदेशका अध्यक्ष फुलमोहम्मद मियाँ, रेडक्रस पर्साका सभापति वीरेन्द्र राज कँडेल, कोषाध्यक्ष महन्त प्रसाद यादव, दिना गुप्ता, अनिल रिजाल, मधु राणा, उमेश गुप्ता, वसन्त कुमार, सुरेन्द्र सरार्फ, महानन्द गुप्ता, समिता कर्ण, अञ्जलि चौधरी, ग्यासुदिन ठकुरी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सचिव सिताराम उपाध्यायले गरेको जिल्ला कार्यसमिति सदस्य राजन श्रीवास्तवले कार्यक्रमको जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

लायन्स क्लब इन्टरनेशनल जोन ३७ द्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग, निरन्तर सहकार्यको प्रतिबद्धता

पर्सा पोस्ट, श्रावण २४ गते, वीरगञ्ज। सामाजिक सेवामा सक्रिय लायन्स...

सबैया साझेदारी वन उपभोक्ता समूहको प्रथम साधारणसभा सम्पन्न, वन संरक्षणमा जनसहभागिता बढाउन मन्त्रीहरूको जोड

पर्सा पोस्ट, साउन २४ गते, वीरगञ्ज (पर्सा)। पर्सा जिल्लास्थित सबैया...

राउन्ड टेबल नेपाल र रोट्याक्ट क्लबको संयुक्त रक्तदान : ५८ युनिट रगत संकलन, ‘मानवता बलियो बनाउन नियमित रक्तदान गरौं’

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। वीरगञ्जमा पछिल्लो समय देखिएको...

मनियारी मुसहर टोलमा वीरगञ्ज कपडा बैंकद्वारा ६ सय थान निःशुल्क कपडा वितरण

पर्सा पोस्ट, श्रावण २३ गते, वीरगञ्ज। मानवीय सेवामा निरन्तर सक्रिय...