७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बिरगंज भन्सार कार्यालय आई.सि.पि. मा रक्तदान

Date:

अजित कुमार भुजेल , बिरगंज। बिरगंज भन्सार कार्यालयले ७३औँ अन्तर्राष्ट्रिय भंसार दिवसको अवसरमा विरगंज भन्सार कार्यालय आई.सी.पी. को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालको आतिथ्यमा एवम् विशिष्ट अतिथिमा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछाने,प्रमुख भंसार अधिकृत राम प्रसाद पाठक,राजेन्द्र ढुंगाना,हृदय नारायण साह,सुनिता पौडेल लगायतकाहरुको उपस्थिति रहेको थियो।उक्त रक्तदान कार्यक्रममा ४ महिला सहित ४० जनाले आफ्नो अमुल्य रक्तदान गरेका थिए । सो रक्तदान कार्यक्रममा रोज तिवारी, राम प्रसाद पाठक , हृदय नारायण साह, लेखनाथ पौडेल, रोशन कुमार चौरसिया, धिरज कुमार पटेल , राजेश कुमार कुशवाह , शिव कुशवाह ,  पारश महतो लगायतकाले रक्तदान गरेका हुन ।

नेपाल रक्तसंचार केन्द्र बिरगंजमा दिन प्रति दिन रगतको अभाव देखिएका कारण रगतको आपुर्तीलाई मध्यनजर गर्दै एवम बीरगंज भन्सार कार्यालयले ७३औँ अन्तर्राष्ट्रिय भंसार दिवसको अवसरमा  सो रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी बिरगंज रेशमकोठि उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिनुभयो।

सो रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पाण्डे, जितेन्द्र कुशवाहको प्राविधिक सहयोगले सम्पन्न भएको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सडक विस्तारसंगै उलेखिएका रुखको संरक्षण : विरगंजमा उदाहरणीय पुन : वृक्षारोपण अभियान

पर्सा पोस्ट, बैशाख ०८ गते, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जारी...

शैक्षिक संस्थाबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन

पर्सा पोस्ट, बैशाख ०७ गते, काठमाडौं । बालेन्द्र शाहले विश्वविद्यालय...

बिरगंजमा सशस्त्र प्रहरी बलको १९ औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

पर्सा पोस्ट, बैशाख ०७ गते, वीरगञ्ज । सशस्त्र प्रहरी बल...