भारतको ७६ औं गणतन्त्र दिवस बिरगंज स्थित महावाणिज्य दूतावासमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनायो

Date:

अजित कुमार भुजेल , बिरगंज। भारतको ७६औँ गणतन्त्र दिवस बिरगंजस्थित भारतीय महावाणिज्य दूतावासमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी भव्यताका साथ मनाइएको थियो ।

भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले भारतको तिरंगा झण्डा फहराउँदै भारतका महामहिम राष्ट्रपति द्रौपदी मुर्मुद्वारा पठाइएको सन्देश वाचन गरे।

कार्यक्रममा रक्सौल र वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत गाउने र नृत्य प्रदर्शन गर्ने कार्यक्रम प्रस्तुत गरे। महावाणिज्यदूत मीनाले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र र मोमेन्टो प्रदान गरे।

कार्यक्रमको सञ्चालन काउन्सिलर मनीष दासले गरेका थिए। यस अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेल, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र धामी, स्थानीय राजनीतिक दलका नेताहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

गणतन्त्र दिवसका अवसरमा आयोजित यो कार्यक्रमले भारत र नेपालको सीमावर्ती क्षेत्रका नागरिकहरू बीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...