एम्स सस्थानद्वारा भुमि समस्या समाधान आयोगका अध्यक्षलाई सम्मान

Date:

अजित कुमार भुजेल , बिरगंज । बीरगंज एम्स संस्थानद्वारा आयोजित विशेष सम्मान कार्यक्रममा भूमि समस्या समाधान आयोगका अध्यक्ष तबरेज अहमदलाई सम्मानित गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेकपा (एमाले) मधेश प्रदेश कमिटीका सदस्य सलाउदीन अहमद उपस्थित भएका थिए।

कार्यक्रमका दौरान आयोगका अध्यक्ष अहमदले भूमि समस्या समाधानका लागि आयोगले चालिरहेको कदमबारे चर्चा गर्दै जनताका हक र अधिकार सुनिश्चित गर्न सरकार र आयोगको कटिबद्धता रहेको बताए। उनले मधेश प्रदेशमा भूमि व्यवस्थापनका लागि ठोस पहल भइरहेको जानकारी पनि दिए।

प्रमुख अतिथि सलाउदीन अहमदले भूमि समस्या समाधानका प्रयासलाई तिब्रता दिन आयोगको भूमिकाको प्रशंसा गरे। उनले जनताको समस्या समाधानका लागि सबै तहका सरकार र सम्बद्ध निकायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।
साथै, नेपाल रेडक्रास सोसाइटी धोबिनी उपशाखा को सभापति हुनू भाएकोमा सरोज प्रसाद पटेल लाई सम्मानीत गरिएको छ

एम्स संस्थान ले यस्तो सम्मान कार्यक्रमको आयोजना गर्दै आयोग र जनताको बीचमा विश्वास कायम गर्न सहयोग पुयाउने प्रयास गरेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्या सदन बन्यो अक्षरारम्भ कप २०८३ को च्याम्पियन, ज्ञानोदयलाई ७१ रनले पराजित गर्दै ऐतिहासिक उपाधि हात पार्‍यो

पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज। वीरगञ्जमा आयोजित अन्तरविद्यालयस्तरीय क्रिकेट...

छठ पर्वमा रुङ्टा वेलफेयर सोसाइटीद्वारा ११५० व्रतालु महिलालाई साडी र आटा वितरण

पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज । छठ पर्वको अवसरमा...

छठ पर्वको खुसी विपन्न परिवारसँग बाँडे शेख रुस्तमले, १०० परिवारलाई साडी, खाद्यान्न र नगद सहयोग

पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज। छठ पर्वको खुसी समाजका...

सांसद हरि पन्तको पहलमा छठअघि नै सङ्लियो सिर्सिया नदी, गण्डक नहरको पानी मिसाएर बनाइयो सफा

पर्सा पोस्ट, कार्तिक २९ गते, वीरगञ्ज। लोकआस्थाको महापर्व छठपूजाको पूर्वसन्ध्यामा...