राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले भोलिदेखि संगठन निर्माण अभियान सुरु गर्दै

Date:

अजित कुमार भुजेल , बिरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला कमिटी पर्साले संगठन निर्माणका लागि २ महिने अभियान संचालन गर्ने भएको छ ।

भोलि  सोमबारदेखि सुरु हुने संगठन निर्माण रास्वपा जिल्ला कमिटी पर्साको बैठकले माघ १४ गतेबाट सुरु गरी दुई महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा संगठन निर्माणका लागि सहयोग गर्न पर्साको १४ वटै पालिकामा विज्ञ सम्मिलित कार्यदल बनाउनेबारे समेत छलफल भएको क्षेत्रिय संयोजक जितेन्द्र मिश्रले जानकारी दिए ।

भोलि सोमबारदेखि सुरु हुने संगठन निर्माण एवं विस्तारमा पार्टीको सदस्यता वितरण साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न पालिका समितिहरुलाई सहजीकरण गर्ने जस्ता कार्यक्रम गरिने क्षेत्रिय संयोजक मिश्रले बताए ।’

जनताको अवस्था परिवर्तन गरि सुशासन कायम गर्न र भ्रष्टाचार मुक्त गरेर विभेदमुक्त समाज निर्माण्को निम्ति रास्वपाको संगठन तथा सदस्यता वितरण अभियानमा सहभागि भई आफ्नै गाउँ घर टोलबाट सदस्यता लिन र पार्टीमा आबद्ध हुन रास्वपा पर्साले आग्रह गरेको छ ।

२०८४ सालको निर्वाचनलाई लक्ष्य गरी पार्टीको आन्तरिक संरचना बनाउने काम भइरहेको रास्वपाका नेताहरू बताउँछन् । विधानअनुसार नै प्रदेशदेखि वडासम्म संगठन चुस्तदुरुस्त बनाउँदै लैजाने रणनीति पार्टीले लिएको उनीहरूको भनाइ छ ।

संगठन निर्माणको शैली र प्रक्रिया अरू दलको भन्दा केही फरक रहेको मिश्रको भनाइ छ । ‘धेरै पद बनाउनेभन्दा पनि छरितो समिति बनाउन जोड दिएका छौं, काम गर्न आवश्यक पद मात्रै सिर्जना गरिएको छ, दोहोरो जिम्मेवारी दिएका छैनौं, टीका लगाउनेभन्दा पनि प्रजातान्त्रिक पद्धतिबाट नेतृत्व छनोटमा जोड दिन्छौं,’ उनले भने । पार्टीको आन्तरिक संरचना निर्माण गर्ने, शुभेच्छुकलाई जिम्मेवारी दिने र संसद्मा नागरिकको मुद्दा उठाउने काममा ध्यान दिइएको उनको भनाइ छ ।

साथै पर्सामा सञ्चालन हुने संगठन निर्माणका लागि उपसमिति समेत गठन गरिएको छ । रस्वापा केन्द्रिय सदस्य डा नन्दन यादवको संयोजक गठन गरिएको उपसमितिमा हरि पन्त , तुलसी अधिकारी , सुदिश कुमार , कृष्णा पासवान , सुरेश यादव , जितेन्द्र मिश्र लगायतका सदस्यहरू रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

मानसिक एकाग्रताले सफलता दिलाउछ : सामाजिक कार्यकर्ता बिमल सरार्फ

पर्सा पोस्ट , बैशाख १५ गते , रक्सौल, पूर्वी...

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...