बिरगंज समाज सेवाद्वारा नारायणी अस्पतालमा ३७ औं हप्ता निसुल्क भोजन बितरण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज समाज सेवाको आयोजनामा ३७ औं हप्ता निशुल्क खाना बितरण कार्यक्रम नारायणी अस्पतालमा सम्पन्न भएको छ ।

प्रत्येक शनिबार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा निशुल्क भोजन खुवाउदै आएकोमा आज पनी निशुल्क भोजन गराईएको हो। बिहानको १० बजे देखि सुद्ध सफा र पोषिलो युक्त खाना खुवाउने गरिन्छ।

शुद्ध शाकाहारि खानामा स्वादिष्ट दाल , भात , तरकारी , अचार रहेको र ४५० देखि ५०० जनाले हरेक हप्ता खाने गरेको बिरगंज समाज सेवाका सदस्य अभिलाष गुप्ताले जानकारी दिनु भयो।

मानव सेवा नै सबभन्दा ठुलो सेवा हो त्यसैले सेवा गर्न चाहनेहरुले हामी संग मिलेर सेवा गर्न अनुरोध समेत गर्नु भएको थियो।

बिरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताका भनाई अनुसार अत्याधिक चिसोले गर्दा जनमानवलाई कष्ट भैइ रहदा पनि हामी यो कार्यलाई निरंतरता दिदै आएका छौं र यो पुण्यको कार्य हो यस्तो कार्यमा सबै जनालाई मनले सहयोग गर्न आग्रह समेत गेरेका थिए , उहाले भन्नू भो आज हामी साथी भाइ मिलेर  यस्तो पुण्यको कार्य गर्न पाउँदा धेरै खुसी भएको छु।

गरिब,निमुखा,बिरामी,कुरुवा,असहायहरु लाई खाना खुवाउन पाउँदा मन देखी अत्यन्तै खुसीको अनुभूति महसुस हुँदै छ। अब आउने दिनमा पनि म संगजे जति सहयोग हुन्छ म गर्ने छु। वहाले थपनु भो की यस सामाजिक कार्यको लागि हुनेले केहि न केहि सहयोग गरौ , मनकारि दाताहरुलाई आफ्नो तन , मन र धनले जति सकिन्छ त्यति सहयोग गर्न आग्रह समेत गर्नु भएको थियोे ।

आजको सो नि-शुल्क भोजन कार्यमा उपस्थित भैइ सहयोग गर्नेहरुमा अध्यक्ष अशोक कुमार गुप्ता , उपाध्यक्ष मनोज प्रसाद रौनियार , सचिब प्रकाश बहिति , कोषाध्यक्ष बिनोद सरार्फ , सदस्यहरु मदन प्रसाद गुप्ता , राजु रुङ्ग्टा , वकिल प्रसाद रौनियार , रमेश अग्रवाल , बिरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , निसान्त लाठ,देवव्रत आर्या,राम बाबू, राधेश्याम गुप्ता , समाजसेवी राजेन्द्र भट्टराई एवम् सन्चारकर्मी अभिलाष कुमार गुप्ताको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...