अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रदिप कुमार चौरसियाद्वारा वडामा काम गर्ने सम्पुर्ण सरसफाइ गर्ने कर्मचारीलाई ट्र्याक सेट(इनर) एक एक सेट वितरण गरिएको छ ।
यो कार्यक्रम वीरगञ्ज वडा नं. ५ कुम्हालटोल स्थित वडा कार्यालयमै सम्पन्न भएको हो।
वडा नं. ५ का अध्यक्ष चौरसियाको सभापतित्वमा र वडा सदस्य सन्जु दहालको उपस्तिथिमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा समाजका कमजोर वर्गलाई सहयोग गर्ने उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको बताएका थिए। उनले अगामी दिनमा यस्ता सहयोगी कार्यक्रमहरू निरन्तर जारी रहने प्रतिबद्धता जनाए।
उक्त कार्यक्रममा वडा अध्यक्ष प्रदिप कुमार चौरसिया अनुसार
वडामा काम गर्ने सम्पुर्ण सरसफाइ गर्ने कर्मचारीलाई ट्र्याक सेट(इनर) एक एक जोड वितरण गरेका छौ। जाडो मौसममा चिसोबाट प्रभावित हाम्रो वडामा रात दिन खटि रहने कर्मचारीलाई सहयोग पुर्याउने उद्देश्यले चिसोबाट जोगिन न्यानो ट्र्याक सेट(इनर) सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि आफ्नो क्षमता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने वडाका सरसफाई गर्ने दाजु,भाई,बहिनीहरुलाई चिसोबाट जोगाउन यो सानो प्रयास हो। भविष्यमा पनि जसरी सकिन्छ, सहयोग गर्दै जानेछु भनेका थिए।
चिसो बढ्दै गएसँगै टाेल सफा सुन्दर बनाउन सहयोग गर्नेहरुलाई केही राहत पुर्याउने उद्देश्यले गरिएको यो सहयोगले स्थानीय स्तरमा सराहनीय रहेको छ। यो कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको जनाइएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि र वडा कार्यालयका कर्मचारीहरू पनि सहभागी थिए।