विभिन्न पार्टी परित्याग गरि एकसय भन्दा बढी जनमत पार्टीमा प्रवेश

Date:

अजित कुमार भुजेल , बिरगंज । जनमत पार्टी बिरगंज महानगर वडा नम्बर ८ एकाई समितिद्वारा आयोजित भेला तथा पार्टी प्रवेश कार्यक्रममा स्थानीय प्रभावशाली नेता हिरालाल रामको नेतृत्वमा एक सय चार जना महिला एवं पुरुष विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई कार्यकारिणी सदस्य माधव सिह, जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ,केन्द्रिय सदस्य बिध्यालाल प्रसाद, रम्भा मिस्र लगायतले टीका र गम्छा लगाई पार्टीमा  स्वागत गरेका थिए। 

प्रवेश गर्नेहरुमा बिजय राम, ध्रमेन्द्र राम ,  बिपिन राम,बच्चा प्रसाद कलवार, राम अग्या साह,पन्नादेवी,शिला देवी, राजेश राम,बाबुराम,हिरामन लगायत रहेका छन्।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले भने अन्य पार्टीहरुले देशलाई दल दलमा फसाए, मुलुक टाट पल्टिने अवस्थामा पुर्याई दिएका छन् ,देशमा ब्याप्त बेरोजगारी,अशिक्षा ,
भस्टचारले जडा गाडेको छ, निशुल्क शिक्षा ,स्वास्थ र स्वदेश मै मान सम्मानको साथ रोजगारीको सुनिश्चितता गर्न जनमत पार्टी एकमात्र विकल्प रहेकोले सबैलाई जनमत पार्टीमा गोलबन्द भई एक पटक मौका दिन आग्रह गरे।

वडा इकाई अध्यक्ष रामजी रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य सिमा गुप्ता, महानगर अध्यक्ष महादेव शर्मा,महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता, ब्रीजकिशोर कलवार, ब्रीजेस्वर चौधरी ,युवा अध्यक्ष उदय यादव , युवा दस्ता अध्यक्ष मनोज साह, युवा महानगर अध्यक्ष संजय सिह, छोटेलाल चौरसिया, सन्तोषी महतो,संजय सरार्फ,  लोकेश कर्ण ,राज साह,सिकेन्द्र राम  लगायतको सक्रिय सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण विद्यार्थी जिल्ला अध्यक्ष बिबेक कुमार झाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

विद्या सदन बन्यो अक्षरारम्भ कप २०८३ को च्याम्पियन, ज्ञानोदयलाई ७१ रनले पराजित गर्दै ऐतिहासिक उपाधि हात पार्‍यो

पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज। वीरगञ्जमा आयोजित अन्तरविद्यालयस्तरीय क्रिकेट...

छठ पर्वमा रुङ्टा वेलफेयर सोसाइटीद्वारा ११५० व्रतालु महिलालाई साडी र आटा वितरण

पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज । छठ पर्वको अवसरमा...

छठ पर्वको खुसी विपन्न परिवारसँग बाँडे शेख रुस्तमले, १०० परिवारलाई साडी, खाद्यान्न र नगद सहयोग

पर्सा पोस्ट, कार्तिक २८ गते, वीरगञ्ज। छठ पर्वको खुसी समाजका...

सांसद हरि पन्तको पहलमा छठअघि नै सङ्लियो सिर्सिया नदी, गण्डक नहरको पानी मिसाएर बनाइयो सफा

पर्सा पोस्ट, कार्तिक २९ गते, वीरगञ्ज। लोकआस्थाको महापर्व छठपूजाको पूर्वसन्ध्यामा...