भगवान श्रीरामको सम्मानमा नेजपाले शोभा यात्रा गर्ने

Date:

अजित कुमार भुजेल , बिरगंज । भगवान् श्रीरामको सम्मानमा नेपाल जनता पार्टीले शोभा यात्रा कार्यक्रम गर्ने  भएको छ।

नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले श्रीराम जन्मभूमि अयोध्या मन्दिर श्री रामलालको प्राण प्रतिष्ठानको शुभ वार्षिकोत्सवको पावन उपलक्ष्यमा पूस २७ गते शनिवार बीरगंजमा शोभा-यात्रा कार्यक्रम गर्ने भएको छ। कार्यक्रम भव्य बनाऊंन आज नेजपा पार्टीका अगुवाहरुको बैठक रानीसती मन्दिर बीरगंजमा सम्पन्न भएको छ।

पौष शुक्लपक्ष द्वादशी  २७ गते शनिवार दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय पर्सा अगाड़ी रहेको लालबंगलामा जम्मा भई घन्टाघर चौक,माईस्थान चौक, आदर्शनगर चौक, अलखिया मठ चौक, घरीहरवा चौक, माईस्थान चौक हुदै घन्टाघर चौकमा समापन हुने आयोजकले तैयारी गरेको छ।

बैठकमा नेपाल जनता पार्टीका वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु सुरेश साह कानू, बिनोद कुर्मी, पारस दुबेदी, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाक्ष्यक्ष धीरज साह कानू, महामंत्री नबीन मिश्रा, मंत्री आनन्द सिंह कुर्मी, सदस्यहरु संतोष कुशवाहा, प्रमोद शर्मा,सुमंत कुमार दीप, पीयूस गुप्ता , राजेश साह कलवार, अंशु प्रजापति, महिला मोर्चा पर्सा संयोजक संगीता गुप्ता, युवा मोर्चा बीरगंज नगर संयोजक दीपक सरार्फ , बहुदरमाई नगरपालिका संयोजक मुन्ना साह तेली, सखुआ प्रसौनी गाउपालिका संयोजक भगल महरा,नेपाल विधार्थी परिषद् ठाकुरराम बहुमुखी कलेज बीरगंज अध्यक्ष हिरामन पंडित,उपाध्यक्ष दिपेश प्रजापति, सल्लहकार आशीष महतो, बीरगंज महानगरपालिका वडा न.२ का अध्यक्ष वीरेन्द्र कुशवाहा, वडा न.१९ का अध्यक्ष रामायण यादव, वडा न.२४ का नन्दलाल कुशवाहा, धोबनी गांउपालिका वडा नं ३ का अध्यक्ष राजकुमार तिवारी सहभागी रहेका थिए।

बाजागजा सहित शुरू हुने शोभा यात्रामा भगवान् श्रीराम, माता जानकी, भगवान् लक्ष्मण जी,भगवान् हनुमान जीको झांकी संगै जय श्रीराम हर हर महादेवको नारा, हिन्दू राष्ट्र नेपाल कायम घर, हिन्दू हिन्दू भाई भाई, ॐ कार परिवार एक ओऔं , धर्म-निरपेक्ष ख़ारिज गर, धर्म परिवर्तन गराउनेलाई कड़ा कार्वाही गर भन्ने मूल नारा हुनेछ। साथै शोभा यात्रामा सहभागी हुन हिन्दू समाजलाई नेजपा पर्साले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सकारात्मक सोच , विश्वास र मानवीय गुणले जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०९ गते , रक्सौल, पूर्वी...

प्रयास र सकारात्मक सोचले मानव सिमाहरु पार गर्न सकिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०८ गते , रक्सौल, पूर्वी...

भन्सार सेवालाई पारदर्शी , प्रविधिमैत्री र सेवामुखी बनाउन सरोकारवालाको जोड

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज । वीरगञ्जस्थित एकीकृत जाँच...