बिरगंज महानगरपालिकाद्वारा बिरगंज जनस्वास्थ्य प्रयोगशालाको छड्के अनुगमन

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बिरगंज जनस्वास्थ्य प्रयोगशालाको छड्के अनुगमन गर्नुभएको छ।

निरीक्षणका क्रममा डिजिटल एक्सरे राख्ने योजना प्रस्तुत गरिएको छ। यस अवसरमा बिरगंज महानगरपालिका वडा नं ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार लगायत स्थानीयवासीहरूको पनि उपस्थिति रहेको थियो।

उक्त छड्के अनुगमन (निरीक्षण) टोलीले प्रयोगशालासँगै रहेको पुरानो अदालत भवनको सरसफाइ र संरक्षणमा विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरेको हो।

बिरगंज जनस्वास्थ्य प्रयोगशाला मधेश प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा स्थापना गरिएको हो। यस जनस्वास्थ्य प्रयोगशालाले समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सकारात्मक सोच , विश्वास र मानवीय गुणले जीवन सफल बन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०९ गते , रक्सौल, पूर्वी...

प्रयास र सकारात्मक सोचले मानव सिमाहरु पार गर्न सकिन्छ : बिमल सरार्फ

पर्सा पोस्ट , असार ०८ गते , रक्सौल, पूर्वी...

भन्सार सेवालाई पारदर्शी , प्रविधिमैत्री र सेवामुखी बनाउन सरोकारवालाको जोड

पर्सा पोस्ट, असार ०७ गते, वीरगञ्ज । वीरगञ्जस्थित एकीकृत जाँच...