अजित कुमार भुजेल , बिरगंज । नेपाल आयल निगमको ५५ औं वार्षिक उत्सवको अवसरमा प्रमुख जिल्ला अधिकारी मार्फत कम्बल एवम् वाशिङ्ग मेसिन सहयोग गरेको छ ।
आज बिहिवारका दिन मानवसेवा आश्रममा एक कार्यक्रमको आयोजना गरि कपडा धुने वाशिङ्ग मेसिन १ थान र कम्बल ३० थान सहयोग गरिएको हो।
उक्त कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आतिथ्यमा एवम् विशिष्ट अतिथिमा नेपाल आयल निगम बिरगंज शाखाका प्रमुख रमेश ज्ञवाली,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी निरीक्षक दिपेन्द्र मल्ल , बिरगंजका उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, मानवसेवा आश्रमका अभिभावक प्रकाश थारु , उद्योग बाणिज्य संघ बिरगंजका पुर्व अध्यक्ष एवम् वरिष्ठ उद्योगपति गणेश लाठ लगायतकाहरुको उपस्थिति रहेको थियो।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार चिसोका कारण प्रभावित संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत यस प्रकारका राहत कार्यले आश्रमलाई केही हदसम्म चिसोको सामना गर्न मद्दत पुग्ने उनले बताए ।
उक्त कार्यक्रममा मानवसेवा तथा बिरगंज प्रमुख मुना पुलामी ,समाजिक अभियान्ता ओम कुमार झा एवम् सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो।
मानवसेवा आश्रम बिरगंजका संस्थापक अध्यक्ष देवेश गुप्ताले कार्यक्रम संचालन गर्नु भएको थियो।