लायन्स क्लबद्वारा बिन्दवासिनिको गर्दौलमा आखा तथा स्वास्थ्य शिबिरको आयोजना

Date:

अजित कुमार भुजेल , बिरगंज । लायन्स क्लबद्वारा आँखा शिविर तथा स्वास्थ्य  शिविर पर्सा जिल्लाको बिन्दवासिनि गाउँपालिका वडा नम्बर २ गर्दौल स्थित श्री भगवती नेपाल रास्ट्रिय बागडमैना यादव बिधालय गर्दौलमा सम्पन्न भएको थियोे।

लायन्स क्लब बीरगंज, बीरगंज सेंट्रल, बीरगंज क्यूरेटिव को सयुंक्त आयोजनामा सम्पन्न भएको थियो। सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ भूत पुर्व डिस्ट्रिक्ट गवर्नर सीनियर पैथोलॉजीस्ट डा.आर पी खेतान, बीरगंजका अध्यक्ष सुनील गुप्ता, सेन्ट्रलकी अध्यक्ष रेखा वैद, क्यूरेटिवका अध्यक्ष डा. बिरेन्द्र प्रधान सहितकाहरुको गरिमामय उपस्थिति रहेको थियो।

चिकित्सक वर्ग डा. राधा भट्टराई, डा. अभिषेक अर्याल,डा. कीर्ति अग्रवाल, डा. संजय अग्रवाल, डा. सुमन प्रसाद, डा. राजदेव कुशवाहा सहित उपस्तिथ डाक्टरहरु द्वारा ५ सय १७ जनाको परिक्षणमा ३१० जनाहरु आँखाको  रोगी मध्ये ९२ जनाको  निःशुल्क लेंस सहित शैल्यक्रीया माट्रिका आई फाउन्डेसन बिरगंजमा हुने छ।

शिविरमा परिक्षण रोगीहरुको सम्बन्धित  चिकित्सकको निजी क्लिनिकमा ५०%को छूटमा परामर्श सेवा प्रदान गरिने छ सोहि कार्यक्रममा सुनीता अग्रवालद्वारा अठाइस महिलालाई मेहंदी लगाईएको थियो र इच्छुक महिलालाई १५ दिने निःशुल्क मेहंदी प्रशिक्षण प्रदान गरिने बताएका थिए।
सो कार्यक्रममा श्री राम जानकी युवा क्ल्ब परिवारले सहयोग गरेका थिए भने  लायन्स कल्बका आजिवन सदस्य राधेश्याम खेतानले जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...