पब्लिक हेल्थ स्टोरी पत्रिकाद्वारा एक दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज । प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीले निरन्तरको पत्रकारीता तालिमहरुबाट पत्रकारीतामा निखार ल्याउन मदत पुग्ने बताउनु भएको छ।

पब्लिक हेल्थ स्टोरी पत्रीकाले आयोजना गरेको एक दिने आधारभुत पत्रकारिता तालीम कार्यक्रमलाई सम्बोधन गर्दै चौतारी अध्यक्ष भण्डारीले पित पत्रकारीता समाप्त गर्न उर्जाशिल युवा पत्रकारहरुको समुहले खोजमुलक समाचार संकलनमा जोड दिनुपर्ने धारणा राख्नु भयो।

सो तालिममा रेडियो नेपालका पर्सा सम्वादाता राजेन्द्र सिंह एवम् चन्द्रिका पटेलले प्रशिक्षण दिनु भयो। नागरिक समाजका श्रवण बहादुर रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा मनोज मिश्राले विद्यार्थीहरुलाई प्रमाणपत्र बितरण गर्दै समापन भएको हो।

सो कार्यक्रममा २० जना विद्यार्थीहरुलाई एक दिने आधारभुत पत्रकारिता तालीम दिईएको हो।उक्त पत्रकारीता तालिममा विद्यार्थीहरु उत्साहजनक रुपमा सहभागी भएका थिए।

कानुनवीद,कानुन शिक्षक तथा अधिवक्ता चन्द्रिका पटेलका अनुसार नेपालमा पत्रकारलाई चौथो अङ्ग भनेर भनिन्छ । पहिलो  कार्यपालिका, दोस्रो ब्यवस्थापिका,तेस्रो न्यायपालिका राज्यको तेस्रो अङ्ग पछी पत्रकारलाई चौथो अङ्ग मानिन्छ ।

पत्रकारीतालाई समाजको आखा भनेर मानिन्छ। पत्रकारलाई समाजले सम्मानको नजरले देख्छ । पत्रकार समाजको वकिल हो। त्यसैले पत्रकारको काम र कर्तव्य भनेको गरिब निमुखाहरुको आँखा बनेर काम गर्नु पर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

३० दिने नि:सुल्क सिलाई तालिम सम्पन्न : रक्सौलमा ५० महिलालाई आत्मनिर्भर बन्ने अवसर

पर्सा पोस्ट बैशाख ०२ गते, रक्सौल । भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौलमा...

प्रभावकारी सार्वजनिक वक्तृत्वकला तालिम सम्पन्न , युवामा आत्मबिश्वास वृद्वि हुने अपेक्षा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगंज । बिरगंज जेसीजको सप्ताहव्यापी...

बिरगंजमा मानव अधिकार रक्षकहरुको अवस्थामाथि गहन छलफल , ” सेफ हाउस ” अभाव मुख्य चुनौती

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । मानव अधिकार रक्षकहरूको...

भारतीय नम्बर प्लेटका सवारीमाथि बिरगंजमा कडाइ : ११ चालक कारवाहीमा

पर्सा पोस्ट, बैशाख ०२ गते, वीरगञ्ज । जिल्ला ट्राफिक कार्यालय...