अजित कुमार भुजेल , बिरगंज । राउन्ड टेबल नेपाल र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटाेलको संयुक्त आयोजनामा नि:शुल्क कपडा बितरण कार्यक्रम सम्पन्न भएको छ।
शनिबारको दिन बिरगंजको रेल्वे रोड स्थित सामुदायिक प्रहरी सेवा
कुम्हालटाेलको आफ्नै भवनमा सम्पन्न भएको हो। सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।
अध्यक्ष रमेश चौधरीका अनुसार दिन दुखी असहायको सेवा सहयोग गर्ने उद्देश्यले यो कपडा बितरण कार्यक्रम गरेको हौ। सबैको साझा प्रयास सहयोगले दिन दुखी असहायको सेवा सहयोग हुने र त्यो नै मानवको सर्बोत्तम धर्म भएको भन्दै सम्पुर्णलाई आआफ्नो ठाउबाट दिनदुखी असहायको सेवा सहयोग गर्न आग्रह गर्दै मानवताप्रेमी सहयोगी दाता, सुभेच्छुक ,सल्लाहकार,पदाधिकारी सदस्यजन प्रती आभार ब्यक्त गरेका थिए।
यस सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका आजिवन सदस्य एवम् सल्लाहकार अभिलाष गुप्ता यस संस्थाका पदाधिकारीहरु ,सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका वरिष्ठ प्रहरी हवल्दार कुमार बिक, प्रहरी जवान अमित यादव र प्रहरी जवान दिलिप कोईरीको पनि उपस्थिति रहेको थियो भने सो कार्यक्रममा सामुदायिक प्रहरी सेवा कुम्हालटाेलका सचिव श्रवणबहादुर रायमाझीको उपस्थितिमा सम्पन्न भएको थियोे।