बिरगंज स्थित आशा किरण केन्द्रको दशौ बार्षिकोत्सव समारोह कार्यक्रम सम्पन्न

Date:

अजित कुमार भुजेल , बिरगंज ।बिरगंजको श्री सिद्धार्थ माध्यमिक बिधालयको प्राङ्गणमा स्थित सुस्त मनस्थिति, मस्तिष्क पक्षघात, मान्सिक विकलांग बालबालिकाहरुको स्याहारसुसार गर्ने संस्था आशा किरण केन्द्रको दशौ वार्षिकोत्सब समारोह आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष सुनिल गुप्ताको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रख्यात संगीतकार एवं कलाकार आनन्द कार्कीले पानसमा बत्ती बालेर कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो ।

आशा किरणका बालबालिकाहरुले आफ्नो पेन्टिङ प्रस्तुतीकरण, नृत्य सङित प्रस्तुत गरेर पाहुनागरुलाइ स्वागत गरेका थिए ।

बिशिस्ट अतिथि पुर्व मेयर बिजय कुमार सरावगी, क्वेष्ट फर्मास्वीटिकल्सका प्रमुख पृथ्वीराज भन्डारी, एस.पि. वर्मा, गणेश प्रसाद लाठ, रमेश अग्रवाल लगायतकाले मन्तव्य राख्नु भएको थियो ।

संस्थामा रहेका बालवालिकाहरुको बिकासका लागि हामी सबै एक भएर अगाडि बढ्नु पर्ने साथै विभिन्न उधोगपतीले पनि आफ्नो CSR कुरामा सरावगी र भन्डारीले जोड दिनु भएको थियो ।

वर्षभरी संस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्ने र आजिवन सदस्य  प्राप्त गर्नेलाइ दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरिएको थियो भने भबिस्यमा पनि बालबालिकाको क्षेत्रमा सहयोग गर्न गराउनको लागि प्रमुख अतिथि आनंद कार्किले आग्रह गरेका हुन ।

अन्तमा सबैलाइ धन्यवाद व्यक्त गर्दै बिरगंज लगायत आउने दिनमा संस्थालाई सबैको साथ र सहयोग रहयो भने काठमाडौमा आधुनिक तरिकाले यस प्रकारका बालबालिकाहरुलाइ उपचार हुने गरि आशा किरण केन्द्रको शाखा बिस्तार गर्ने कुरालाइ जानकारी गराउदै कार्यक्रमको समापन अध्यक्ष सुलिन गुप्ताले गरेका थिए भने कार्यक्रम संचालन केन्द्रका महासचिव राजन श्रीवास्तवले र उजवल कुमारले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा मानव सेवाका देवेस गुप्ता, बहुदरमाइका राकेस यादव, राकेश मिश्र, रोट्राक्टका अनिल ज्यासवाल, लेडिज सर्कलकि रशमि दास, रेणु अग्रवाल, सपना अग्रवाल, नुतन सरावगी, अफ्शाना खातुन, चन्दन सिह, हरिओम साह, अनिसकान्त कुश्वाहा, रामबिनय यादव, प्रकाश कर्ण, किरण परियार, ग्यासुदिन ठकुराइ, सिन्धु कुश्वाहा, अनिल चौधरी, प्रभात पन्जियार लगायतको उपस्थिति रहेको कुरा राजन श्रीवास्तवले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

वीरगन्जमा बैशाख १ गते ” हनुमान आराधना तथा महाआरति ” आयोजना हुने

पर्सा पोस्ट, चैत ३० गते, वीरगञ्ज । वीरगञ्जमा नयाँ वर्षको...

नारायणी अस्पतालमा २४ औं महिनासम्म निरन्तर नि:सुल्क भोजन सेवा सम्पन्न

पर्सा पोस्ट, चैत २८ गते, वीरगञ्ज । वीरगञ्ज समाज सेवाको...

विरगंज वडा न. ८ को नवनिर्मित कार्यालय भवन उद्घाटन , सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा

पर्सा पोस्ट, चैत २७ गते, वीरगंज । वीरगंज महानगरपालिका वडा...