बिरगंज कुम्हालटोल टोल सुधार समाज बिरगंजद्वारा चौथो महिना पनि निसुल्क भोजन शिबिरको आयोजना

Date:

अजित कुमार भुजेल , बिरगंज । आज शनिबार बिरगंज कुम्हालटोल टोल सुधार समाज बिरगंजद्वारा  रेल्वेरोडमा अवस्थित पन्चमुखी हनुमान मन्दिर अगाडी चौथो महिनाको निशुल्क भोजन शिविर सम्पन्न  गरिएको छ।

आजको निशुल्क भोजन शिविरमा आयोजकद्वारा रिक्सा ,ठेला , इरिक्सा चालक, गरिब असहाय दलित निमुखाहरुको लागि निशुल्क भोजन गराएको थियो।

आजको निशुल्क भोजन शिविर कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा सम्पन्न भएको थियो भने उपाध्यक्ष अशोक गुप्ता,सचिव हेमन्त शाक्य,कोषाध्यक्ष बैधनाथ साह,सहसचिव रितेश गुप्ता, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी ,सल्लाहकार सदस्यहरु समाजसेवीहरु  गौरी गुप्ता ,सुरेन्द्र मिश्रा, मनोज मिश्र ,बिजय अग्रवाल,मुन्ना सोनि ,रामबाबु रायमाझी, अमित बस्नेत,गोबिन्द ताम्रकार लगायत स्थानिय अग्रज ,महिला,युवाहरुको बाक्लो सहभागिता रहेको थियो।

सो निशुल्क भोजन कार्यक्रम प्रत्येक महिनाको १ पटक पहिलो शनिबार आयोजना गरिने कुम्हालटोल टोल सुधार समितीका सहसचिव रितेश गुप्ताले जानकारी गराएका थिए।

उनले भने सबै समाज एवम् दाताहरुको सहयोग रहेमा  प्रत्येक शनिबार मात्र नभएर प्रत्येक दिन आयोजना गरि दिन दुखी असहायको सेवा सहयोग गर्न आफुहरु तैयारी अवस्थामा  रहेको जनाएका थिए । अर्का समाजसेवी एवम्  सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझीले सम्पुर्ण टोलवासिलाई सेवामा सहयोग गर्न आग्रह समेत गरेका थिए ।

आजको निशुल्क भोजन शिविर सेवामा १ बोरा चामलको भात ,दाल ,आलु कोभी, मटरको तरकारी र भुटेको हरियो खुर्सानी खुवाइएको थियोे । यहाँ पकाईएको खाना घरमा पकाईएको जस्तै स्वासिलो एवम् पोसिलो हुने गरेको निशुल्क भोजन शिविर कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरले बताएका थिए। सो निशुल्क भोजन शिविर कार्यक्रममा आर्थिक एवम् जिन्सी सहयोग समाजसेबी एवम्  दाताहरुको सहयोगले संचालन गरिने छ भनी सहसचीव गुप्ताले जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

बिरगंज महानगरको अबैध कर संकलनमा अदालतको ब्रेक , सान्सद पन्तको पहल सफल

पर्सा पोस्ट, बैशाख ११ गते, वीरगञ्ज । जनहितका मुद्दामा निरन्तर...

अदालतको आदेश कार्यान्वयनको नाममा समय नदिइ संरचना भत्काईयो ,, व्यवसाय चौपट – महँगी नियन्त्रणमा सरकार मौन

पर्सा पोस्ट , बैशाख ११ गते बिरगंज । वीरगञ्जको गण्डकदेखि...

बिरगंजमा डोजर आतंकविरुद्ध व्यवसायी र स्थानीय आक्रोशित , क्षतिपुर्ति माग्दै प्रशासनमा ज्ञापनपत्र

पर्सा पोस्ट, बैशाख १० गते, वीरगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत...