रक्सौलको रामगढवा स्थित आमोदेहिको रिपु राज ब्रान्ड चामल उद्योगमा आयकर बिभागको छापा

Date:

अजित कुमार भुजेल, बिरगंज। नेपालको मित्र रास्ट्रय भारतको रक्सौलको रामगढवा स्थित आमोदेहीको  ‘रिपु राज ब्राण्ड’ चामल उद्योगमा भारतको आयकर विभागले ठूलो छापा मारेको छ। करिब ४० ओटा सवारी साधन सहितको टोलीले फिल्मी शैलीमा छापा मार्दै उद्योगको लेखा जोखा जाँच गरेको छ।

आयकर विभागको टोली बारातको ब्यानर झुण्ड्याएर उद्योग परिसरमा प्रवेश गरेको बताइएको छ। यो अनौठो शैलीले सबैलाई चकित पारेको छ। छापा मार्ने कार्य उद्योगले छोटो समयमा अत्यधिक सम्पत्ति आर्जन गरे पनि कर तिर्ने प्रक्रिया पूरा नगरेको आशंकामा गरिएको हो।

आयकर विभागले उद्योगको वित्तीय अभिलेख र सम्पत्तिको स्रोतमाथि गहन अनुसन्धान थालेको छ। प्रारम्भिक अध्ययनका क्रममा उद्योगले ठूलो मात्रामा कर छलेको अनुमान गरिएको छ।आयकर विभागले अनुसन्धानपछि थप विवरण सार्वजनिक गर्ने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...

बिश्वकप जितपछि स्पेनमा नयाँ युगको प्रतीक बन्यो लियोनोर – यामलको ट्रफि उत्सव

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज। स्पेनले २०२६ फिफा विश्वकपको...