अजित कुमार भुजेल , बिरगंज ।बिरगंजको सानो पाईला नामक संस्थाले आज आफ्नो १८ औं स्थापन दिवस एवम् छैठाै साधारण सभा सम्पन्न गरेको छ।
सो कार्यक्रम बिरगंज आदर्शनगरको पुरानो बसपार्क स्थित तृसला रेस्टुरेन्टमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि बिरगंज
महानगरपालिकाको नगर प्रमुख राजेश मान सिंह रहनु भएको थियो भने कार्यक्रमको अध्यक्षता सानो पाईला संस्थाका अध्यक्ष सुदिप कुमार लामाको अध्यक्षतामा सम्पन्न भएको थियोे।
यस कार्यक्रमको विशिष्ट अतिथिमा बिरगंज उधोग बाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका,पटेर्वा सुगौलीका प्रमुख जसवन्त यादव, दिनेश चौधरी,ममता महतो,ज्ञानदा एकेडमीका प्रिन्सिपल राजेन्द्र प्रसाद कोईराला,उधोग बाणिज्यसंघ मधेश प्रदेशका एवम् वरिष्ठ समाज सेवि गणेश लाठ,सानो पाईलाका संस्थापक सदस्य कंचन झा,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं,सानो पाईला संस्थाका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु, समाजसेबि, उधोगी,ब्यापारीहरु,
लगायतकाको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा सानो पाईलाले गरेका राम्रो नराम्रो कामको बारेमा चर्चा गरिएको थियो। सानो पाईलाले स्थापनाकाल देखि नै समाजबाट लागुऔषध बिरुद्ध एवम् सामाजिक कार्यहरु गर्दै आईरहेको छ।
बिरगंज महानगरपालिकाको नगर प्रमुख राजेश मान सिंहका भनाई अनुसार सानो पाईला अब परिपक्क एवम् जवान भैईसकेको छ आउने दिनमा समाजबाट बिकृती तथा बिसङती हटाएको उनको कथन थियोे ।
कार्यक्रमको सहजीकरण संचारकर्मी सुर्यनारायण बिकले गरेका थिए।