करिब १ लाख ४८ हजार ९ सय रुपैया बराबरको विभिन्न प्रकारका मिठाईहरु सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज  महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार मेनगेटको प्रस्तावित सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी निरीक्षक सप्रसनि कुलदीप पाण्डेको कमाण्डमा खटिएको १० जनाको चेकपोइन्ट टोलीले अवैध रुपमा भन्सार छलि ल्याइएको मिठाई नियन्त्रणमा लिएको छ।

भारतबाट नेपालतर्फ भन्सार छलि ल्याइँदै गरेको करिब १ लाख ४८ हजार ९ सय रुपैयाँ बराबरको विभिन्न प्रकारका मिठाईहरू विभिन्न सवारी साधनमा लोड गरी ल्याइएको अवस्थामा प्रहरीले फेला पारेको हो।

बरामद गरिएका मिठाईहरूलाई आवश्यक कारबाहीका लागि बिरगंज  भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

सुरक्षा, स्वास्थ्य सेवा, एम्बुलेन्सदेखि बिमासम्मको व्यवस्था; अध्यक्ष नन्दु ठाकुरद्वारा भक्तजनलाई सपरिवार सहभागी हुन आग्रह

पर्सा पोस्ट, कार्तिक २७ गते, वीरगञ्ज । तराई–मधेसको धार्मिक, सांस्कृतिक...

छठ पर्वको अवसरमा घडीअर्वा छठघाटमा रक्तदान, ४ महिलासहित ४७ जनाले गरे रक्तदान

पर्सा पोस्ट, कार्तिक २७ गते, वीरगञ्ज । छठ पर्वको पावन...

छठ पर्वको अवसरमा रुङ्टा वेलफेयर सोसाइटीद्वारा ३०० व्रतालु महिलालाई साडी र आटा वितरण

पर्सा पोस्ट, कार्तिक २६ गते, वीरगञ्ज। छठ पर्वको पावन अवसर...