गौतम स्कुलमा बिरगंज महानगर पालिका र ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा स्वच्छ एवं हराभरा सम्बन्धि प्रशिक्षण

Date:

अजित कुमार भुजेल , बिरगंज । बिरगंज महानगरपालिका तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर द्वारा स्वच्छ एवं हराभरा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला पर्सा बि.म.पा.वडा.१३ स्थित गौतम बोर्डिङ्ग स्कुलमा बिरगंज महानगरपालिका पर्सा तथा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर बिरगंज पर्सा र ग्रीन सिटीसामुदायिक सेबा केन्द्र आदर्शनगर बिरगंज पर्साको संयुक्त आयोजनामा बिद्यार्थी भाइ बहिनीहरूलाई सरसफाई तथा हरियाली सम्बन्धि समाजमा परिवर्तन र विकास ल्याउनु छ भने, जरालाई मजबुत पार्नुपर्ने बताए । हाम्रा बालबालिका, किशोर किशोरीहरू देशका भविष्यका जरा नै हुन। बीरगञ्जलाई अझ हराभरा र सफा सुन्दर बनाउनका लागि सानैदेखि नै सरसफाई र हरियालीको महत्व बुझाई यसको बानी बसाल्नका लागि  स्कुलमा बिहान असेंबली स्थलमा(प्रार्थना स्थल) मा सरसफाई र हरियालीको महत्व सम्बन्धी जनचेतनामुलक प्रशिक्षण दिईएको थियो।

सो कार्यक्रममा ग्रीन सिटी सामुदायिक सेबा केन्द्रका उपाध्यक्ष संजय शर्मा , त्रिलोक चन्द दारुका ,ओमान तुल्स्यान,चन्द्र अग्रवाल ,प्र.ब.ह.बिनोद कुमार राम, प्र.स.ह.अजिता घिमिरे लगायतको  उपस्थित रहेका थिए ।

सो कार्यक्रम बिरगंज स्थित गौतम स्कुलमा भएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथी बिरगंज महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत एवम् शिक्षा महाशाखाका प्रमुख अरबिन्द लाल कर्ण , सरसफाई महाशाखाका सर्फुदिन मिया,जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक रोशन थापाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

सो कार्यक्रममा विद्यार्थीहरुलाई सम्झाउदै अरबिन्द लाल कर्णले भन्नू भो हाम्रो मेयर साहेबले बेला बेलामा भन्नू हुन्छ कि काठमाणडाैमा गए पछी सफा सोचने र बिरगंजमा आएपछी फोहोर सोचने यस्तो फोहोर सोचलाई हाम्रो दिमागबाट निकाल्नु पर्छ अनि मात्रै हाम्रो बिरगंज फोहोर मुक्त एवम् वैभव बिरगंज बन्ने छ।

गौतम स्कुलका विद्यार्थी भाईबहिनीहरुलाई सरसफाई तथा बोट बिरुवा बारेमा प्रशिक्षण समेत दिईएको थियोे र साथै विभिन्न प्रजातिका बोट बिरुवाहरु रोपिएको थियोे।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंज महानगरपालिका तथा सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिन सिटिको आयोजनामा बिरगंजको गौतम स्कुलमा सम्पन्न गरेको थियो।सो कार्यक्रम ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरु तथा आजिवन सदस्यहरु , गौतम स्कुलका विद्यार्थीहरु , शिक्षक , शिक्षिकाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

शत्रु भन्दा शत्रुको मित्रबाट बढी सतर्क रहनुपर्छ : समाजसेवी बिमल सरार्फ

पर्सा पोस्ट, साउन ०५ गते, रक्सौल (पूर्वी चम्पारण)। लायन्स इन्टरनेशनल...

गैरकानुनी कर असुलीको आरोप : जितपुर – सिमरा उपमहानगरविरुद्ध उद्योगिको ज्ञापनपत्र , कर फिर्तालो माग

पर्सा पोस्ट, साउन ०५ गते, वीरगञ्ज। जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत...

दुई पटक लगातार गोल्डेन बुट जित्दै एम्बाप्पेले रचे बिश्वकप इतिहास , सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि आफ्नै नाममा

पर्सा पोस्ट, साउन ०४ गते, वीरगञ्ज । फ्रान्सका सुपरस्टार स्ट्राइकर...