बङ्गलादेशमा हिन्दु माथि दमनको बिरोधमा बिरगंजका हिन्दुवादिहरुले पर्साका प्रजिअ मार्फत प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

Date:

अजित कुमार भुजेल , बिरगंज । बीरगंजका हिन्दुवादी संघसंस्थाहरुले  बङ्गलादेशमा हिन्दुहरुको हत्या तथा दमन र हिन्दु गुरुहरुलाई जेल चलान गरेकोमा बीरगंजका हिन्दु संघसंगठनहरुले संयुक्त रुपमा  पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

इस्कोन सम्बंध सनातन  जागरणका प्रवक्ता चिन्मय कृष्ण दासको पक्राउ  बङ्गलादेशी हिन्दूहरू माथिको चरण दमन हो। बङ्गलादेशमा हिन्दूहरू माथि राज्य र बहुसङ्ख्यक मुसलमानहरूको बर्बर आक्रमण निरन्तर चलिरहेकोले  यसरी बर्बर आक्रमण र हिन्दूहरू माथिको राज्य आतङ्क बन्द हुनुपर्छ यसको लागि नेपाल सरकारले यस विषयमा कुटनैतिक विरोध गर्नुको लागि इस्कोन बीरगंजले अनुरोध गर्दैछ।

त्यसैगरी नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पर्साले बंगलादेशमा आरक्षण व्यवस्थाको विरोधमा प्रदर्शन उग्र भएपछी त्यहा बसोवास गर्दै आएका अल्पसंख्यक हिन्दु समाज माथि निरन्तर रुपले बारम्बार भइरहेको आक्रमणका घटनाहरू प्रति विश्व हिन्दु महासंघको गम्भीर आपत्ति जनाएको छ। त्यस घटनाले  हामी मर्माहत र निकै चिन्तित भएका छौं भनेर सो बिज्ञाप्ति मार्फत जानकारी गराए ।

२०८१ मङ्सिर ११ गते का दिन “बंगलादेशमा  सम्मिलित सनातन जागरका प्रवक्ता हिन्दु धर्म गुरु श्री चिन्मय कृष्ण दासलाई धार्मिक कार्यक्रम आयोजना एवं अगुगाड़ गरेकै कारण बंगलादेश सरकारबाट देशद्रोह मुद्दा लगाइ जेल चलानमा हाम्रो गभिर आपत्ति रहेको सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।यस्ता घटनाको विषयमा गम्भीर भई यथाशीघ्र धर्म गुरु श्री चिन्मय कृष्ण दासको रिहाइको हामी  सम्माननिय प्रधानमन्त्री मार्फत बंगलादेश सरकार समक्ष नेपाल विश्व हिन्दु महासंघ जोडदार माग गर्दछ ।
सोही क्रममा  विश्व  हिन्दू परिषद, नेपाल राष्ट्रिय कार्यालय, काठमाडौंले समेत आज प्रजिअ मार्फत प्रधानमन्त्रीलाई सो ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्र अनुसार हिन्दू धर्म ‘बसुधैव कुटुम्बकम’ अर्थात संसार एक परिवार हुन भन्ने मान्यतामा विश्वास गर्ने शान्तिप्रिय धर्म हो बताउदै हिन्दू धर्मले कहि कतै हिंसा, भेदभाव, कट्टरता जस्ता क्रियाकलापलाई मान्ने नहुने बताए।

बङ्गलादेशमा आरक्षण व्यवस्थाको विरोधमा प्रदर्शन उग्र भएपछी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिए लगतै बङ्गलादेशी हिन्दूमाथि इस्लामिक जिहादी समूहहरु‌द्वारा बर्बरतापूर्ण आक्रमण शुरु गरिए पश्चात् हिन्दूहरुका रक्षाका लागि आवाज उठाउने सनातन जागरणका प्रवक्ता हिन्दु धर्म गुरु श्री चिन्मोय कृष्ण दासलाई धार्मिक कार्यक्रम आयोजना एवम अगुगाड़ गरेको कारण जेल चलान गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण अएको छ। बंगलादेश सरकारबाट भएको उक्त कार्यको घोर भत्र्सना गर्दै ज्ञापन पत्र बुझाएका छन्।

बंगलादेश सरकारका उक्त सनातन विरोधी दमनकारी हर्कतले विश्वभरीका सनातन हिन्दू धर्मावलम्बीहरुकाले मन मस्तिष्कमा आघात पुगेको छ। अल्पसंख्यक बंगलादेशी हिन्दुहरुकाले धार्मिक स्वतन्त्रताको सम्मान र मानव अधिकारको रक्षाका लागि बंगलादेश सरकारलाई कुटनैतिक दबाब सिर्जना गर्न नेपाल सरकारका  मार्फत  ध्यानकर्षण गराएको हो ।

आन्दोलनकारी भनिएका कट्टर जिहादी समूहहरुलाई कारवाही गर्नुको साटो उनी प्रति समर्थन जनाउँदै निर्दोष बङ्गलादेशी हिन्दू समाजमाथि दमनकारी अत्याचार प्रारम्भ गर्नु अन्याय हो तसर्थ विश्वका सम्पूर्ण मानवतावादी एकजुट भई बङ्गलादेशी सरकारकाले उक्त बर्बरता विरुद्ध आवाज उठाऔं।
बीरगंजका हिन्दुवादी संघसंगठनहरुले बंगलादेशको घटना चाडैं समस्या समाधान होस  यसै विज्ञप्ति मार्फत अपिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

आध्यात्मिक अभ्यासमार्फत आत्मा- परमात्माको एकता सम्भव : बिमल सरार्फ

पर्सा पोस्ट, बैशाख १४ गते, रक्सौल (पूर्वी चम्पारण) । आत्मा...

विपन्न दलित परिवारको बिहेमा खाद्यन्न सहयोग , स्थानीयबाट मनविय उदाहरण प्रस्तुत

पर्सा पोस्ट, बैशाख १४ गते, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२...

बिरगंजमा कडाई : नम्बर प्लेट बिहिन १३ अवैध ईभी स्कुटर नियन्त्रणमा

पर्सा पोस्ट, बैशाख १३ गते, वीरगञ्ज । वीरगञ्जमा ट्राफिक प्रहरीले...