अजित कुमार भुजेल , बिरगंज । बिरगंज आदर्शनगर स्थित स्विमिङ्ग पुल आदर्शनगर छठपुजा ब्यवस्थापन समिति द्वारा स्विमिङ्ग पुल परिसरमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियोे।
सो पत्रकार सम्मेलनमा छठपुजा सजावट , टेन्ट ,पण्डाल, लाईटिग , सिसिटिभी जडान लगाएतको खर्चको अनुमान ७ लाख देखि ८ लाख सम्म हुने
छठपुजा ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार बर्णबालले जानकारी गराएका थिए।
त्यसैगरि छठपुजामा अवलोकन गर्न आउने श्रधालुहरु ५ हजार जति आउने अनुमान गरिएको बताएका थिए। छठपुजा सुरक्षाको दृस्ठिकोणले चारै तिर सिसिटिभी जडान गरिने एवं नगर प्रहरी , जनपद प्रहरी र स्बेम सेवक ५१ सदस्यको टिमद्वारा गस्ती गराउने एवं लाइफ गार्ड समेत परिचालन गर्ने छठपुजा ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार बर्णबालको भनाई थियोे।
सो छठपुजा घाटमा २५० देखि ३०० सम्म छठ ब्रतीहरुको दउरा राख्न मिल्ने भने सुर्यदेवको भगवानको यसपाली नया प्रतिमा राखिएको पत्रकार सम्मेलनमा जानकारी दिनु भएको थियो।
सो कार्यक्रम बिरगंजका २ वटा संस्थाको सहयोगमा हुने छ। पशुपति आदर्शनगर क्लब र अर्को प्रगति युवा क्लब रहने छ । सबको लागत बिरगंजको प्रगतिनगर र आदर्शनगरका स्थानीय जनसमुदायबाट संकलन एवं २५० को नगदी सहयोग चिट्ठाबाट संकलन गरिएको बताएका थिए भने १ लाख ५० हजारको प्राइज पनि राखिएको छठपुजा ब्यवस्थापन समितिका अध्यक्ष मुकेश कुमार बर्णबालले जानकारी गराएको थिए।
सो छठ घाटमा कुनै हानी नुक्सानी भएको खण्डमा प्रती ब्यक्ती ३ लाख एवं सजावट समानको २५ लाख सम्मको दुर्घटना बिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट इन्स्योरेन्स समेत गराएको जानकारी गराएका थिए।
छठपुजा ब्यवस्थापन समितिका सह सचीव सुबास महर्जन , सदस्य सुरेश पासीको पनि उपस्थिति रहेको थियो भने सन्चारकर्मीहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियोे ।