तराईमा मनाउने चार दिने महापर्व छठ आज देखि सुरु

Date:

अजित कुमार भुजेल , बिरगंज । आज नहाय-खायसँगै चार दिनसम्म मनाइने आस्थाको महापर्व छठको शुभारम्भ भएको छ ।

प्रकृति, स्वच्छता, स्वास्थ्य र भक्तिको प्रतीक मानिने यस पर्वले हामी सबैलाई समाजमा सद्भाव र एकताको भाव जागृत गराउँछ । धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्दै शुद्ध मन र निष्कलङ्क भावना सहित छठको व्रत बसिन्छ। तराईमधेसमा मनाइने चारदिने छठ पर्व आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको हो ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको सम्पुर्ण जिल्ला भरी धुमधामका साथ सुरु भएको हो । चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहायखाए अर्थात् नुहाएर शुद्ध भई चोखो खाना खाने गर्दछन। भने पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै  पूजा गर्नेछन र राति खिर , रोटी, फलहरु खाने चलन छ । भने षष्ठीका दिन अर्थात बिहीबार साँझ  शुद्ध गहुँको पीठोबाट बनाइएका गुलियो ठेकुवा, परुकिया जस्ता पकवान बनाई विभिन्न किसिमका फलफुल स्याउ, मुला, गाजर, ज्यामिरी निम्बु , नरिवल, सुन्तला, केरा, मिठाई माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।

विहीबार अस्ताउँदो सूयलाई अर्घ दिईनेछ भने शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

जेनजी शहीदको सम्झनामा वीरगञ्जमा दीप प्रज्वलन, ‘युवाको विश्वास नटुटोस्’ : प्रकाश उपाध्याय

पर्सा पोस्ट, भदौ २४ गते, वीरगञ्ज । श्री भगवती युवा...

जेन–जी सहिद दिवसमा वीरगञ्जमा दीप प्रज्वलन, दोषीमाथि कारबाहीको माग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : रोयल एकेडेमीलाई उपाधि, प्याब्सन पर्साद्वारा बाढीपीडितका लागि १५ लाख सहयोग

पर्सा पोस्ट, भदौ २३ गते, वीरगञ्ज । प्याब्सन वीरगञ्जको आयोजनामा...