निता फाउन्डेसन र स्पर्श नेपालको सहकार्यमा एचआईभी संक्रमित बिषयका सरोकारवालाहरु बीच अन्तरकृया कार्यक्रम सम्पन्न , सबैले आआफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता

Date:

अजित कुमार भुजेल , बिरगंज । निता फाउन्डेसन र स्पर्श नेपालको सहकार्यमा सन्चालन समुदाय नेतुत्व तथा अनुगमनको कार्यान्वयन साझेदारहरु बीच कार्य अधावधिक गर्ने कार्य टोलिको बैठक बिरगंजको होटेल आदर्श ईनमा सम्पन्न भयो ।

निता फाउन्डेसन सस्थाले एचआईभि संक्रमित भएका व्यक्तिहरुको बारेमा सेवाग्राहि र सेवा प्रदायिक बीच पुलको काम गर्ने काम गर्दै आईरहेको सो कार्यक्रममा जानकारी गराएका थिए ।

सो कार्यक्रममा सेवाप्रदायिक स्वास्थ्यकर्मिहरुले एचआईभी संक्रमित भएका व्यक्तिहरुले खुलेर आफ्ना कुरा नराख्नाले उपचारमा कठिनाइ हुने , सुरक्षाको दृस्टिकोणले स्वास्थ्यहरुले बिचार गर्नुपर्ने , उपचारमा आउदा आफ्नतहरु नै बिरामिलाई छोडेर जाने , घरपरिवार बाटै अवहेलना हुने , संक्रमण भएका क्लाईन्टहरुलाई हात डोर्‍याएर लैजानु पर्ने बाध्यताहरु , उपचार गरेपछि फेरि फलोअपमा आउनु पर्ने , बेलामा बोलाउदा पनि नआउने , गरिबीको कारण आउने भाडा समेत नहुने बाध्यता , अशिक्षितका कारण म्यासेज र बोलाएको समय थाहा नहुने जस्ता समस्या , उपचारमा आउने भन्दै पारि रक्सौलमा गैइ ईन्जेक्सन लिई ढिलो गर्ने र खान बस्ने व्यवस्था समेत गर्नु पर्ने जस्ता समस्या तथा कठिनाइहरु भएको बताएका थिए ।

त्यसैगरि सेवाग्राहि एचआईभि संक्रमितहरुले समयमा उपचार नगर्ने , नर्मल पेसेन्टलाई चेकजाच पछि मात्र हामिहरुलाई चेकजाच गर्ने , समयमा खाना खुवाउनु पर्नेमा ढिलो खुवाउने , बस्ने ठाउ सफासुग्घर नभएको , शुद्ध पानीको व्यवस्था हुनु पर्ने , पोषिलो खानेकुरा खुवाउनु पर्ने , खानामा पनि भेदभाव भएको , विभिन्न लान्छना , भेदभाव , घरेलुु , पारिवारिक , सामाजिक हिंसाका कारण स्वास्थ्य सेवामा संक्रमितहरु उपचार सेवामा खुलस्त सहभागी हुन नसेको सो कार्यक्रम जानकारी गराईएको थियो ।

त्यसैगरि खोज र चुनौतीहरु समाधान गर्न सम्बन्धित अधिकारीहरुसङ्ग वकालत गर्ने , कलाकेन्द्रबाट बिरगंज महानगर पालिकाका ३२ वडामा PLHIV को तथ्यांक संकलन गरि उनिहरुको जिबिकोपार्जनका लागि आधारभूत तालिम दिने , उदाहरणका लागि २० जना महिलाहरुलाई सिलाई तथा बुनाईको तालिम दिने र त्यसका लागि मोबाइल बजेटमा २० जना पुरुषलाई तालिम दिने र प्रस्ताव राख्ने बिरगंज महानगरका मेयरलाई ।

यस कार्यमा भएको चुनौती भनेको नारायणी अस्पतालमा डाक्टरहरुले PLHIV सल्यक्रिया गर्न स्वीकार गर्दैनन ।
एआरटि केन्द्रको भौतिक संरचना सानो छ । एआरटि केन्द्रलाई ठुलो ठाउमा सार्न गार्‍हो छ । Nalaxon औंषधि OST केन्द्रमा उपलब्ध छैन । पोषण खानेकुराको व्यवस्था छैन । सफा पिउने पानी , खाने ठाउ सफासुघ्रर ,  फ्रिज , पंखाको व्यवस्था छैन ।

त्यसैगरि त्यहा CD4.1 को लागि आएका १०० वटा मात्र किटहरु रहेको , त्यसपछी के गर्ने , भाईरल लोडका लागि प्रयोगशाला जस्तो ठाउ चाहिन्छ , तर ठाउको अभावले भाईरल लोड स्टोरमा नै हुन्छ , डिलिवरिमा संक्रमण आएपछी स्वास्थ्यकर्मिले आफ्नो अवस्था नखुलाएमा समस्या भोग्नु पर्ने हुन्छ , खुलेर बताईदिए स्वास्थ्यकर्मिले सुरक्षाका साथ काम गर्ने र उनीहरुको राम्रो हेरचाह हुने,  उनिहरुलाई यसबारेमा सल्लाह दिनु जरुरी रहेको समेत बताएका थिए ।

नारायणी अस्पतालमा रहेको एआरटि शाखाको रेकर्ड अनुसार अहिलेसम्म १४०० देखि १५०० जना संक्रमित रहेको जानकारी दिएका थिए । एचआईभि संक्रमितहरु किन नियमित उपचार गर्न आउदैनन । क्लाईन्ट किन सभिर्स सेन्टर आउदैनन  ? काउन्सिलिङ्गको कमिको कारण हो कि ? गरिबीको कारण वा बिरगंज बाहिर गएर काम गर्ने कारण , अशिक्षाका कारण हो । सोको कारण पत्ता लगाई लागु औंषध प्रयोगकर्ता  , यौनकर्मि र एचआईभि संक्रिमितहरुको पहिचान गरि समयमै स्वास्थ्य परिक्षण गर्न आआफ्नो तर्फबाट सहयोग गर्न सबै सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।

वरिष्ठ स्वास्थ्य प्रशासन महाशाखा पर्साका डा. मुक्ति नारायण साहको अध्यक्षतामा भएको सो कार्यक्रममा बिरगंज महानगर पालिकाका जनस्वास्थ्य बिकास शाखाका सुमन चन्द्र ठाकुर , बिजामका कार्यक्रम सन्योजक अनोज खड्का , निरज कुमार सिंह , नारायणी अस्पतालका सरिता श्रेष्ठ , सहयात्री समाजका प्रोग्राम कोडिनेटर सुरज लिम्बु , बारा प्लसका हुसेन अन्सारी , नयाजिवन बिकास सेवाका नाजिया बानो लगायतको सहभागी रहेको थियो ।

कार्यक्रम सन्चालन निता फाउन्डेसन पर्साका  डिस्ट्रिक फोकल पर्सन दिलिप खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Subscribe

ताजा समाचार

थप समाचार
updates

खाद्य स्वच्छता उल्लंघन गर्ने व्यवसायीमाथि कारबाही, नियमित अनुगमनले बजार सुधार हुने विश्वास

पर्सा पोस्ट, भदौ ५ गते, वीरगञ्ज । वीरगञ्जमा उपभोक्ताले...