अजित कुमार भुजेल , बिरगंज । बाराको परवानिपुर गाउँपालिका वडा न. ५ नौतनमा रहेको एल.एस.न्युरो एन्ड जेनेरल हस्पिटल प्रा.ली. द्वारा बृहत खुल्ला रक्तदान कार्यक्रम एल.एस.न्युरो एन्ड जेनेरल हस्पिटल प्रा.ली. को प्राङ्गणमा सम्पन्न भएको छ।
वडा दसैं शुभदिपावली तथा छठ पर्बको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। सो कार्यक्रमको प्रमुख अतिथी बिरगंजको एल.एस.न्युरो एन्ड जेनेरल हस्पिटल प्रा.ली का संचालक डा.राम प्रवेश प्रसाद कुर्मी ,अतिथिमा परवानीपुर गाउँपालिकाको मेयर राम क्षेत्री पटेल , नेपाली काङ्ग्रेस बाराका क्षेत्रीय सभापति लोकेश सिंह , तरुणदल बाराका अध्यक्ष दिपेन्द्र पटेल , तरुणदलको केन्द्रिय सदस्य राज किशोर गुप्ता लगायतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको प्रशासन प्रमुख बिनोद पटेलले जानकारी दिनुभयो ।
सो कार्यक्रममा ७ महिला सहित ६० जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए । रक्तदान गर्नु हुनेमा महेश साह , दिपेश साह , विकाश पटेल , सन्तोष कुमार , डा.प्रबिन कुशवाहा , रामएकवाल कुशवाहा , बिरेन्द्र प्रसद कुर्मी , सिकन्द्र ठाकुर , सुनिल यादव ,सागर कुमार साह , दिनेश राम , बिनु देबि लगायतकाहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए।
सो कार्यक्रममा बिरगंजको एल.एस.न्युरो एन्ड जेनेरल हस्पिटल प्रा.ली का प्रशासन प्रमुख बिनोद पटेल एवम समाजसेबी राजेन्द्र भट्टराई , सन्दीप साह , नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता लगायतका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।
सो रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र बिरगंजका प्राविधिक जितेन्द्र कुशवाहा, लिलाधर साह लगायतका नेतृत्वको टोलिले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए।